माईखोला हाइड्रोपावर लिमिटेडको २४ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८३ वैशाख १८ गते समाप्त हुने भएको छ ।
कम्पनीमा संस्थापकले धारण गरेको २० लाख कित्ता , आयोजना प्रभावित स्थानीयको नाममा रहेको ३ लाख ९२ हजार १ सय ५७ कित्ता र कम्पनीका कर्मचारीसँग रहेको ३० हजार ५ सय ८८ कित्ता गरि कुल २४ लाख २२ हजार ७ सय ४५ कित्ता शेयरको लकइन अवधि आगामी वैशाख १२ गते समाप्त हुन लागेको हो ।
सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक, र कम्पनीका कर्मचारीले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ । लकइन अवधि खुलेपछि भने संस्थापक, र कर्मचारीले ति शेयर बिक्री गर्न सक्ने छन् ।
कम्पनीका संचालक र उच्च व्यवस्थापनमा रहेकाले भने शेयर बिक्री गर्न पाउने छैनन् ।













