Saturday, February 28, 2026
spot_img

वर्षौंदेखि नियम विपरित आईपीओको ओपनिङ रेन्ज निर्धारण, सच्याउने क्रममा फेरि अर्को ‘त्रुटी’

spot_img
spot_img

कम्पनीहरुले आईपीओ निष्काशन गरेपछि शेयर सूचीकरणको लागि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आवेदन दिन्छन् । ति शेयर नेप्सेमा सूचीकृत हुँदा नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि एउटा ओपनिङ रेन्ज दिने गर्छ। नेप्सेले दिने गरेको यस्तो रेन्ज अधिकांश कम्पनीको हकमा नियम विपरित प्रदान गरिएको खुलेको छ।

रिलायन्स स्पिनिङ मिल्सले आईपीओ जारी गरेर शेयर सूचीकरणको लागि आवेदन दिएपछि बल्ल यस अघि नेप्सेले नियम विपरित आईपीओको ओपनिङ रेन्ज दिईरहेको खुलेको हो । नेप्सेले सूचीकृत हुन आउने कम्पनीलाई नेटवर्थको ३ गुणासम्मको ओपनिङ दिने गरेको खुलेको थियो। रिलायन्स स्पिनिङ मिल्सले पनि आईपीओ सूचीकरणको लागि आवेदन दिँदा नेटवर्थको ३ गुणासम्मको ओपनिङ रेन्ज पाउने अनुमान गरिएको थियो । तर कम्पनीको प्रति शेयर नेटवर्थ दुई वटा (विद्युत बक्यौता तिर्नु परेको खण्डमा र नपरेको खण्डमा) उल्लेख गरिएको थियो।

आईपीओको ओपनिङ रेन्ज दिने अधिकार नेप्सेको सीइओलाई हुन्छ । रिलायन्सको हकमा दुई वटा नेटवर्थ देखिएको र बुक विल्डिंग विधिबाट आईपीओ निकालेका कम्पनीको हकमा ओपनिङ रेन्ज दिने विधि फरक हुनु पर्ने बहस चलिरहेकोले नेप्सेले यो विषय नेप्सेको संचालक समितिमा पठायो। नेप्सेको संचालक समितिले बुक विल्डिंग विधिबाट आएका र भविष्यमा आउन सक्ने कम्पनीको ओपनिङ रेन्जबारे छुट्टै निर्णय गर्ने अनुमान गरिएको थियो। तर नेप्से संचालक समितिका अध्यक्ष हेमन्त बस्यालले यस अघि ओपनिङ रेन्ज निर्धारण गर्दाको निर्णय फाइल खोतल्न लगाए।

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को नियम १२ को उपनियम ५ मा ‘धितोपत्रको सूचीकरण पश्चात हुने पहिलो कारोबारको लागि आदेशको प्रविष्टि गर्दा उल्लेख हुने मूल्यको सीमा नेप्सेले समय–समयमा तोक्न सक्नेछ’ भनिएको छ । यसको लागि अन्तिम पटक नेप्सेले २०६८ सालमा निर्णय भएको थियो। अध्यक्ष बस्यालले २०६८ सालको निर्णय खोज्न लगाएका थिए । जब २०६८ सालमा गरिएको निर्णयको फाइल भेटियो – अनि बल्ल नेप्सेले यस अघि प्रदान गर्ने गरेको ओपनिङ रेन्ज नियम विपरित भएको खुलेको हो ।

२०६८ सालको निर्णयमा नेटवर्थ पोजेटिभ भएमा पहिलो कारोबारको लागि अंकित मूल्यको ३ गुणासम्म ओपनिङ रेन्ज दिने भनि निर्णय गरिएको पाईयो। नेटवर्थ नेगेटिभ भएमा भने प्रति शेयर नेट वर्थको ३ गुणासम्मको रेन्ज तोक्ने भनि निर्णय गरेको पाईयो। तर अहिलेसम्म नेटवर्थ पोजेटिभ वा नेगेटिभ जे भए पनि नेटवर्थको ३ गुणासम्मको रेन्ज दिने गरिएको थियो । नेटवर्थ नेगेटिभ भएका कम्पनीको हकमा भने यो नियम अनुसार नै रह्यो/भयो  । तर २०६८ सालको सो निर्णय अनुसार नेटवर्थ पोजेटिभ भएका कम्पनीको हकमा भने अंकित मूल्यको ३ गुणाको रेन्ज रोकिनु पर्ने थियो, तर नेटवर्थको ३ गुणासम्मको रेन्ज तोकिने गरेको थियो।  यस हिसाबमा यस अघि पोजेटिभ नेटवर्थ भएका सम्पूर्ण कम्पनीलाई प्रदान गरिएको ओपनिङ रेन्ज नियम विपरित भएको खुलेको हो ।

कसरी यस्तो भयो भन्ने बारे नेप्सेकै उच्च तहका कर्मचारी पनि अचम्ममा परेका छन् । सीइओ त ४ वर्षको लागि आउने भए पनि नेप्से मै वर्षौंसम्म बसेका कर्मचारीले किन यो विषय हेरेनन् भन्ने प्रश्न उब्जिएको छ। नेप्से स्रोत भन्छ ‘पहिले पहिले नेटवर्थ नेगेटिभ भएका कम्पनीको मात्र आईपीओ आउथ्यो, तिनीहरुलाई नेटवर्थ कै ३ गुणाको रेन्ज दिईन्थ्यो, सबै कर्मचारी यहि नेटवर्थको ३ गुणामा अभ्यस्त हुँदै गए, पछि जस्तो कम्पनी आए पनि नेटवर्थ कै ३ गुणाको रेन्ज दिने गरियो, कुनै पनि सीईओ वा अध्यक्षले सो नियमको आधार नै खोजेनन्, कर्मचारीहरुले पनि नेटवर्थ कै ३ गुणाको फाइल तयार पार्दै सूचीकरणको निर्णय गराउदै गए’ । तर अहिले आएर भने पोजेटिभ नेटवर्थ भएका कम्पनीको हकमा नियम विपरित ओपनिङ रेन्ज प्रदान भएको देखिएको हो।

अब भने ओपनिङ रेन्ज दिने विषयमा विगतमा भएको त्रुटी सच्चिएको छ । अब नेप्सेले पोजेटिभ नेटवर्थ भएकाको हकमा  अंकित मूल्यको ३ गुणासम्म र नेगेटिभ नेटवर्थ भएकाको हकमा नेटवर्थको ३ गुणासम्मको रेन्ज प्रदान गर्ने भएको छ। सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सबाट नै यो अभ्यास सुरु भईसकेको छ ।

तर विगतको त्रुटी सच्याउने क्रममा नेप्सेले फेरी अर्को त्रुटी गरेको छ। २०६८ सालदेखि हालसम्म १४ वर्ष भईसकेको छ। धेरै कम्पनीहरुले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न थालेका छन् । त्यस बेला कल्पना नै नगरिएको बुक विल्डिङ विधिबाट समेत आईपीओ निष्काशन हुन थालेको छ। तर नेप्सेको पछिल्लो निर्णयले कम्पनीले जति सुकै मूल्यमा आईपीओ निष्काशन गरेको भएपनि कम्पनीले अधिकतम १०० देखि ३०० रुपैयाँसम्मको रेन्ज पाउने देखिएको छ। यसले गर्दा प्रिमियम मूल्यमा र बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने कम्पनी बजारमा आउनको लागि निरुत्साहित हुने देखिन्छ। जसबाट बजारमा राम्रा कम्पनी आउँन इच्छुक नहुने हुन सक्छन् । आईपीओ खरिदको लागि हालिएको भन्दा धेरै तल कारोबार खुलाउँदा लगानीकर्तामा कम्पनीको वास्तविक मूल्य धेरै कम रहेछ भन्ने भान हुन सक्छ ।

नेप्से कै उच्च तह कै कर्मचारीहरु पनि एउटा त्रुटी सच्याउने क्रममा नेप्सेले अर्को त्रुटी गरेको स्वीकार गर्छन् । उनीहरुका अनुसार कुनै राम्रो र अब्बल कम्पनीले १ हजार वा सो भन्दा बढीको मूल्यमा पनि आईपीओ निष्काशन गर्न सक्छन् । तर ति कम्पनीलाई पनि पहिलो कारोबारको लागि ३०० सम्म रेन्ज दिनु न्यायसंगत देखिदैन । किनभने नेपाल धितोपत्र बोर्डले नै कम्पनीको मूल्य यथार्थपरक हो भनेर कम्पनीको विवरणपत्रको मुल्यांकन गरेर नै आईपीओको दरलाई अनुमति दिएको हुन्छ। यस अघि कतिपय हकमा धितोपत्र बोर्डले नै कम्पनीले माग गरेको भन्दा कम प्रिमियममा आईपीओ निष्काशनको अनुमति दिएको उदाहरण छ।

प्रिमियम मूल्यमा र बुक विल्डिंग विधिबाट अनुमति दिने प्रक्रियामा त्रुटी रहेमा त्यसका प्रक्रिया र मापदण्ड परिवर्तन गर्दा उचित हुन्छ। तर एक पटक अनुमति पाइसकेपछि भने फेरि ३०० रुपैयाँसम्म मात्रको रेन्ज दिँदा भने अर्को त्रुटी भएको नेप्से कै कर्मचारीहरुले स्वीकार गरेका हुन्। यसलाई नेप्सेको संचालक समितिले जुनसुकै बेला सच्याउन सक्ने र सच्याउनु पर्ने उनीहरुको भनाई छ। प्रिमियम र बुक विल्डिंगको हकमा सच्याउनै पर्ने बजार जानकारहरु पनि बताउछन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

डलर अर्बपति विनोद चौधरीको प्रतिज्ञापत्रमा के छ ?

नवलपरासी (सुस्ता पूर्व) क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार...

२८ खर्ब ५८ अर्ब पुग्यो नेपालले तिर्न बाँकी ऋण

नेपाल सरकारले लिएको तिर्न बाँकी ऋण २८ खर्ब ५८...

‘आईटी अब दलहरूको साझा एजेन्डा हो, घोषणापत्रमा सीमित नराखी कार्यान्वयनमै लैजान्छौ’

सूचना प्रविधि (आईटी) क्षेत्रको विकासका लागि राजनीतिक दलहरूले अब...

मौद्रिक नीति समीक्षाको सिबिफिनद्वारा स्वागत

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

महासंघका अध्यक्ष ढकाल र राष्ट्रसंघकी आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नोभेम्बर २०२६...

श्री स्टिलले अंकित मूल्यमै आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

श्री स्टिलले सर्वसाधारण लगानीकर्तामा प्राथमिक सार्वजनिक निष्काशन (आईपिओ) जारी...
spot_img