Wednesday, May 6, 2026
spot_img
spot_img

SYPNL को मार्केट डेप्थमा अनौठो दृष्य: किन म्याच भएन १८४५ मा बेच्न खोज्नेको अर्डर ?

spot_img
spot_img

आज बुधबारको शेयर कारोबारमा एसवाई प्यानल नेपाल लिमिटेडको मार्केट डेप्थमा अनौठो दृश्य देखिएको छ। कम्पनीको शेयर SYPNL  सिम्बलबाट कारोबार हुँदै आएको छ ।

तर आजको मार्केट डेप्थमा एक लगानीकर्ताले १८४५ मूल्यमा १४ हजार कित्ता शेयर बिक्रीको लागि राखेका थिए । तर खरिद गर्न खोज्नेले सो शेयर खरिद गर्न पाएका थिएनन् । तर त्यो मूल्य भन्दा बढीको बिक्री अर्डर भने म्याच भईरहेको थियो। अर्थात् कम मूल्यको बिक्री अर्डर हुदा हुदै पनि खरिदकर्ताले सो शेयर खरिद गर्न पाएका थिएनन् ।

नेप्सेले मार्केट डेप्थमा यो समस्या देखिएको स्वीकार गरेको छ। नेप्से स्रोतका अनुसार १८४५ रुपैयाँको सो बिक्री अर्डर नेप्सेको टिएमएस भन्दा बाहिरको टिएमएसबाट आएको हो। हाल केही ब्रोकरले एट्राडको टीएमएस चलाउदै आएका छन् । त्यस्तै नासा सेक्युरिटिजको पनि आफ्नै टिएमएस छ। एट्राड वा नासा मध्ये कतैबाट सो अर्डर आएको र यसमा कसरी म्याच नभएको हो भन्नेबारे प्राविधिक टिमले अध्ययन गरेको थियो।

अध्ययनको क्रममा १८४५ मूल्यको सो अर्डर प्रि ओपन सेसनमा म्याच भईसकेको अर्डर रहेको पाईएको छ। प्रि ओपन सेसनमा म्याच भएको अर्डर स्वत आफै नियमित कारोबार समयमा हट्नु पर्नेमा नहटेको पाईएको छ। म्याच भईसकेको सो अर्डर डिस्प्लेमा मात्र देखिएको र कसरी यस्तो भयो भन्ने बारे भने थप अध्ययन भईरहेको नेप्सेले जनाएको छ। हाल भने १८४५ को सो अर्डर हटिसकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानन्यायाधीश सिफारिस गर्न प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

संवैधानिक परिषदका अध्यक्ष रहेका प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद्को...

बहालवाला उपाध्यक्षलाई भारी मतान्तरले हराउँदै एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट तर्फको उपाध्यक्षमा उद्योगी प्रबलजंग...

होटेल सब्रिना लिमिटेडको विशेष साधारणसभा सम्पन्न, पुँजी वृद्धि प्रस्ताव पारित

होटेल सब्रिना लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ ।...

महासंघको केन्द्रीय सदस्यमा अविज्ञा र जुना निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट महिला केन्द्रीय सदस्यमा जुना...

बहालवाला उपाध्यक्षलाई हराउँदै एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट तर्फको उपाध्यक्षमा उद्योगी प्रबलजंग...

महासंघको एसोसियट उपाध्यक्षमा पाण्डे २५५ मतले अगाडि, गणना हुन बाँकी मत जम्मा ३३४

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको...
spot_img