शेयरबजारमा उत्साह: २२०० माथि पुग्यो सूचक, ७ अर्ब बढीको कारोबार

spot_img

साताको अन्तिम दिन आज शेयरबजार परिसूचक  नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक २९.२१ अंकले बढेर २२०४.६१ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ३३१ कम्पनीका २ करोड २ लाख ३७ हजार ७ सय ८० कित्ता शेयर खरिद बिक्रीबाट ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १ सय ४६ रुपैयाँ ५ पैसाको कारोबार भएको छ। आज सीईडीबी हाइड्रोको सर्वाधिक १५ करोड  २५ लाखको कारोबार भएको छ भने ग्लोबल आईएमई बैंकको संस्थापक शेयरको १४ करोड ८८ लाख कारोबार भएको छ। हिमालयन रिइन्स्योरेन्सको १२ करोड ७९ लाखको कारोबार हुँदा  सानिमा जीआईसी इन्स्योरेन्सको १२ करोड ६८ लाखको कारोबार भएको छ।

आज बलेफी हाइड्रोको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशत बढेको छ। त्यस्तै सिटिजन सुपर ३० म्युचुअल फण्डको इकाई मूल्य ९.९७ प्रतिशत बढेको छ भने एनआईबिएल स्टेबल ९.६० प्रतिशत बढेको छ । जानकी फाइनान्सको शेयर मूल्य ८.७६ प्रतिशत बढेको छ ।

आज समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक ४.५९ प्रतिशत घटेको छ भने साधना लघुवित्तको शेयर मूल्य ४.५६ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका मध्ये लघुवित्त समूह र ट्रेडिङ समूह बाहेकका सबै समूहगत सूचक बढेका छन् । जस मध्ये आज जीवन बीमा समूह सर्वाधिक ३.०६ तथा वाणिज्य बैंक समुह २.४२ प्रतिशत बढेको छ । आज लघुवित्त समूह सर्वाधिक ०.५३ प्रतिशत घटेको छ ।

कांग्रेस एमाले सम्मिलित नयाँ सरकार बन्ने, त्यसमा अर्थ मन्त्रालयले एमालेले पाउने भएपछि पछिल्लो समय शेयर लगानीकर्ता उत्साहित देखिन्छन् । साथै नेपाल राष्ट्र बैंकले विगतको तुलनामा लचिलो मौद्रिक ल्याउने चर्चाले पनि बजार बढेको आँकलन गरिएको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...