Saturday, July 11, 2026
spot_img

शेयरबजारमा उत्साह: २२०० माथि पुग्यो सूचक, ७ अर्ब बढीको कारोबार

spot_img

साताको अन्तिम दिन आज शेयरबजार परिसूचक  नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक २९.२१ अंकले बढेर २२०४.६१ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ३३१ कम्पनीका २ करोड २ लाख ३७ हजार ७ सय ८० कित्ता शेयर खरिद बिक्रीबाट ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १ सय ४६ रुपैयाँ ५ पैसाको कारोबार भएको छ। आज सीईडीबी हाइड्रोको सर्वाधिक १५ करोड  २५ लाखको कारोबार भएको छ भने ग्लोबल आईएमई बैंकको संस्थापक शेयरको १४ करोड ८८ लाख कारोबार भएको छ। हिमालयन रिइन्स्योरेन्सको १२ करोड ७९ लाखको कारोबार हुँदा  सानिमा जीआईसी इन्स्योरेन्सको १२ करोड ६८ लाखको कारोबार भएको छ।

आज बलेफी हाइड्रोको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशत बढेको छ। त्यस्तै सिटिजन सुपर ३० म्युचुअल फण्डको इकाई मूल्य ९.९७ प्रतिशत बढेको छ भने एनआईबिएल स्टेबल ९.६० प्रतिशत बढेको छ । जानकी फाइनान्सको शेयर मूल्य ८.७६ प्रतिशत बढेको छ ।

आज समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक ४.५९ प्रतिशत घटेको छ भने साधना लघुवित्तको शेयर मूल्य ४.५६ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका मध्ये लघुवित्त समूह र ट्रेडिङ समूह बाहेकका सबै समूहगत सूचक बढेका छन् । जस मध्ये आज जीवन बीमा समूह सर्वाधिक ३.०६ तथा वाणिज्य बैंक समुह २.४२ प्रतिशत बढेको छ । आज लघुवित्त समूह सर्वाधिक ०.५३ प्रतिशत घटेको छ ।

कांग्रेस एमाले सम्मिलित नयाँ सरकार बन्ने, त्यसमा अर्थ मन्त्रालयले एमालेले पाउने भएपछि पछिल्लो समय शेयर लगानीकर्ता उत्साहित देखिन्छन् । साथै नेपाल राष्ट्र बैंकले विगतको तुलनामा लचिलो मौद्रिक ल्याउने चर्चाले पनि बजार बढेको आँकलन गरिएको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img