Monday, July 13, 2026
spot_img

पियोर इनर्जीको शेयर डिम्याट गर्ने प्रक्रिया सुरु

spot_img

पियोर इनर्जी लिमिटेडले शेयर डिम्याट गराउनको लागि सिडीएससीमा निवेदन दिएको छ । कम्पनीले वैशाख २१ गते शेयर डिम्याटका लागि निवेदन दर्ता गराएको हो  ।

यस संगै कम्पनीको शेयर डिम्याट हुने प्रक्रियामा रहेको सिडीएसले जनाएको छ। शेयर डिम्याट गर्ने कार्य सकिएपछि सिडीएसले शेयर पर्नेहरुको डिम्याट खाता शेयर पठाउने छ। त्यसपछि नेप्सेमा शेयर सूचीकृत भएपछि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार सुचारु हुने छ।

कम्पनीले निष्काशन गरेको आईपीओ गत  वैशाख ११ गते बाँडफाँड भएको थियो। सो आईपीओमा १८ लाख ५४ हजार ४ सय ९७ जनाले आवेदन दिएका थिए । जस मध्ये १८ लाख ४६ हजार ६ सय ६४ जनाको आवेदन मात्र योग्य भएका थिए। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर निष्काशन गरिएको थियो। जसमा १ लाख १९ हजार ५ सय २० जनाले मात्र शेयर पाएका थिए। उनीहरुले १० कित्ताको दरले शेयर पाएका थिए। बाँकि आवेदक भने हात खाली भएका थिए ।

कम्पनीले चैत्र २८ गतेदेखि आम सर्वसाधारणलाई ११ लाख ९५ हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो ।  नेपाल धितोपत्र बोर्डले कम्पनीले गत फागुन २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।

पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि नै ब्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img