Thursday, May 22, 2025
spot_img

विवाद बढेपछि बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशनका प्रावधान फेर्ने तयारी

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनमा प्रयोग भईरहेको  बुक विल्डिङ्ग विधि परिमार्जन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को लागि नीति तथा कार्यक्रममा बुक विल्डिङ्ग विधि मार्फत सार्वजनिक निष्काशनलाई थप व्यवस्थित बनाउन नियमावली तथा निर्देशिकामा आवश्यक परिमार्जन गर्ने उल्लेख छ।

अर्थात् बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा रहेको बुक विल्डिङ्ग विधिका केही व्यवस्थामा संशोधन गर्ने तयारी गरेको हो । यस संगै बुक विल्डिङ्ग निर्देशिका, २०७७ मा पनि परिमार्जन गर्ने भएको छ ।

अन्तराष्ट्रिय रुपमा उत्कृष्ट अभ्यास भनिएको बुक विल्डिङ्ग आईपीओ विधि नेपालमा सुरुवाती चरण मै विवादित भएपछि यसका केही प्रावधान बदल्न लागिएको हो।

धितोपत्र बोर्ड स्रोतका अनुसार योग्य संस्थागत लगानीकर्ताले पाउने शेयर र सर्वसाधारणले पाउने शेयरको अनुपात फेरबदल हुने सम्भावना छ । मूल्य निर्धारण प्रक्रियामा पनि बोर्डले मिलेमतो भएको आशंका गरेको छ। मूल्य निर्धारण प्रक्रियामा पनि केही फेरबदल हुन सक्ने बताइन्छ ।

हालसम्म सर्वोत्तम सिमेन्टले मात्र बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गरेको छ। कम्पनीको आईपीओ आउनु अघि नै नियामक निकायका प्रमुख व्यक्तिहरुले आफ्नो परिवारको सदस्यको नाममा सो कम्पनीको शेयर लिएको भेटिएपछि पहिलो निष्काशन नै विवादित बनेको थियो ।

रिलायन्स स्पिनिङ मिल्सले पनि बुक विल्डिंग विधिबाट योग्य संस्थागत लगानीकर्तालाई शेयर निष्काशन गरिसकेको छ। तर कम्पनीको मूल्य महँगो भएको भन्दै मूल्य निर्धारण विधि मै प्रश्न उठेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्न सकेको छैन । धितोपत्र बोर्ड आफैले अनिश्चितकालको लागि कम्पनीको आईपीओ रोकेको छ।

त्यस्तै बोर्डले धितोपत्रको सार्वजनिक निष्काशनमा नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरुपता कायम गर्ने तयारी गरेको छ ।  यसबारे सार्वजनिक लेखा समितिको निर्देशन तथा अन्तर्राष्ट्रिय प्रचलनलाई समेत मध्येनजर गरी Standards/Guidelines तयार गर्ने बोर्डको तयारी छ ।

spot_img

- Advertisement -

spot_img
spot_img

बुद्धको ७२ सिटे जहाजद्वारा काठमाडौं–भरतपुर परीक्षण उडान

बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले काठमाडौं–भरतपुर परीक्षण उडान...

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक...
spot_img