Sunday, April 5, 2026
spot_img
spot_img

वैदेशिक रोजगारीमा रहेकालाई सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड

spot_img
spot_img

सानिगाड हाइड्रो लिमिटेडले  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई चैत्र ८ गतेदेखि चैत्र ११ गतेसम्म ५ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस आईपीओमा ९० हजार ९ सय ४५ जनाको आवेदन परेको थियो। जस मध्ये ८३ हजार २ सय १६ जनाको आवेदन मात्र योग्य भएको छ ।

मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस अनुसार ५७ हजार जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।

यस कम्पनीले बझांगमा  ३४.४६ मेगावाटको अपर कालंगागाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुन देखि व्यापारिक उत्पादन गरिरहेको छ। कम्पनीका अध्यक्ष उमेश श्रेष्ठ हुन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

डा. नारायण दत्त कडेल महान्यायाधिवक्ता नियुक्त

महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. नारायण दत्त कडेल नियुक्त भएका...

अब शुक्रबार पनि शेयरबजार खुल्छ ?

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन शनिवार र आइतबार सर्वजनिक...

शेयरबजारमा १०५ अंकको गिरावट, सम्पत्ति सुद्धीकरणको अनुसन्धानले लगानीकर्ता ‘प्यानिक’

साताको पहिलो दिन आज आइतबार  शेयरबजार परिसूचक नेप्से तेहोरो...

एसोसियट उपाध्यक्षमा पाण्डे र श्रेष्ठबीच प्रतिस्पर्धा, १९ सदस्यका लागि ३५ जनाको उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे र...

गरिमा क्यापिटलको ओपन म्युचुअल फण्ड ‘गरिमा सुवर्ण योजना’ को इकाई बाँडफाँड

गरिमा क्यापिटलको पहिलो खुलामुखी सामुहिक लगानी कोष योजना “गरिमा...

अब सरकारी कार्यालय ९ बजेदेखि नै खुल्ने

अब सरकारी कार्यालय ९ बजे देखि नै खुल्ने भएको...
spot_img