आयोजना प्रभावित स्थानीयले टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २७ गतेदेखि आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीयलाई आईपीओ निष्काशन गरेको हो।
कम्पनीले स्थानीयलाई १२ लाख कित्ता शेयर निष्काशन गरेको छ। यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्।
धितोपत्र बोर्डले फागुन १ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। यस कम्पनीले भोजपुरमा ८ मेगावाट क्षमताको टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ वैशाख १ गते व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीका अध्यक्ष अजय बल्लभ पन्त हुन्।













