Friday, March 13, 2026

सोपान फर्मास्युटिकल्सले चैत्र ९ गतेदेखि आईपीओ निष्काशन गर्ने

spot_img
spot_img

सोपान फर्मास्युटिकल्स लिमिटेडले चैत्र ९ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २९ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

यस निष्काशनमा चैत्र १२ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ११ हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

त्यसपछि कम्पनीले आम सर्वसाधारणलाई ३४ लाख ७४ हजार ९ सय कित्ता शेयर निष्काशन गर्ने छ ।  नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।

कम्पनीले कुल ४२ करोड ९० लाख रुपैयाँको  ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने छ। यस संगै सोपान फर्मास्युटिकल्स नेप्सेमा सूचीकृत हुने दोस्रो औषधि उत्पादक कम्पनी हुने छ ।

कम्पनीका अध्यक्ष डा. अनिल पोखरेल हुन् भने अन्य संचालकमा भिम लाल पौड्याल, कृति कुमारी महतो, अनिश शाह र आङ दोर्जी लामा रहेका छन् । कम्पनीका सीइओ सुमन न्यौपाने हुन् । कम्पनीमा सोपान मल्टिपलको ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

आयातमा निर्भर नेपाली औषधि बजारको माग पूरा गर्न उच्च गुणस्तरीय औषधि उत्पादन र यसको सर्वसुलभ आपूर्ति सुनिश्चित गर्ने, विदेशी मुलुकहरूमा औषधि निर्यात गर्ने तथा व्यापार घाटा घटाई देशको अर्थतन्त्रमा सम्मानजनक योगदान पुऱ्याउने उद्देश्यसहित स्थापना भएको सोपान फर्मास्युटिकल्स लिमिटेडले विक्रम संवत् २०७४ सालमा भौतिक पूर्वाधार निर्माण कार्यको सुरुआत गरेको थियो। कम्पनीले विक्रम संवत् २०७८ सालमा पायलट स्केलमा उत्पादन र product launching सम्पन्न गरी २०७९ सालदेखि व्यावसायिक उत्पादन तथा बिक्री-वितरण कार्यको प्रारम्भ गरेको हो।

सोपान फर्मास्युटिकल्सले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा २१ रोपनी ९ आना क्षेत्रफलमा उद्योग सञ्चालन गरिरहेको छ । उद्योग परिसरभित्र औषधि उत्पादनअन्तर्गत दुईवटा विशाल ब्लकहरू रहेका छन् भने मेडिकल अक्सिजन ग्यास प्लान्ट पनि अलग्गै रहेको छ ।

औषधि उत्पादन अन्तर्गत अत्याधुनिक State-of-the-Art Technology जडित ५१, ६५४ वर्ग फिटको नन- बेटा – लाक्टम ब्लक र ३५,७०५ वर्ग फिटको सेफलोस्पोरिन ब्लक रहेको छ । नन–बेटा–लाक्टम ब्लकअन्तर्गत ट्याब्लेट, क्याप्सुल, मल्हम र लिक्विड सेक्शनहरू रहेका छन् भने सेफलोस्पोरिन ब्लकअन्तर्गत ट्याब्लेट, क्याप्सुल र ड्राइ सिरप सेक्शनहरू रहेका छन्।

कम्पनीका अनुसार अत्याधुनिक प्रविधि जडित यस औषधि उद्योगलाई Single शिफ्ट, अर्थात् प्रतिदिन ८ घण्टा र वर्षमा ३०० दिन मात्र सञ्चालन गर्ने हो भने पनि वार्षिक रूपमा ८४ करोड ट्याब्लेट, ९ करोड ६० लाख क्याप्सुल, ३ लाख लिटर लिक्विड, ३० लाख बोतल ड्राइ पाउडर र २४ लाख ट्युब मल्हम उत्पादन हुन सक्छ । माग बढ्दै जाँदा हालको संयन्त्रबाटै उक्त उत्पादन क्षमता दोब्बर गर्न सकिने अवस्था समेत रहेको छ । हालको कुल बजारको आकारलाई आधार मान्दा, यस उद्योगको उत्पादन क्षमताले करिब १६ प्रतिशत बजार हिस्सा ओगट्ने सामर्थ्य राख्दछ ।

त्यस्तै गरी, यस उद्योगअन्तर्गत १०,००० वर्ग फिटमा निर्मित भवनमा ३०० घन मिटर प्रति घण्टा उत्पादन क्षमता रहेको अक्सिजन ग्यास प्लान्ट सञ्चालनमा छ । यसमार्फत सिलिन्डरमा १५०० लिटर र ७००० लिटर अक्सिजन ग्यास तथा १० लिटरको पोर्टेबल क्यान अक्सिजनको उत्पादन र बिक्री-वितरण गर्दै आएको छ ।

१९० भन्दा बढी औषधिहरूको फर्मुलेशन एण्ड डेभलपमेन्ट मा सफलता हासिल गरिसकेको यस कम्पनीले १३६ वटा औषधिहरूको उत्पादन अनुमतिपत्र र ९२ वटा औषधिहरूको बजार अनुमतिपत्र प्राप्त गरिसकेको छ भने अझ धेरै औषधि पाइपलाइनमा रहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घट्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ। बिहिबार प्रतितोला ३...

सानिमा माई हाइड्रोपावरले लाभांश नदिने, साधारणसभा आह्वान

सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा कुनै...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड, ४ लाख ५० हजार जनाले पाए शेयर

पाल्पा सिमेन्ट इण्डष्ट्रीजले निष्काशन गरेको आईपीओमा बाँडफाँड भएको छ...

४०० रुपैयाँमा पुनर्बीमा कम्पनीको २१ लाख ७१ हजार कित्ता शेयर बिक्री गर्दै यूनाइटेड अजोड इन्स्योरेन्स

यूनाइटेड अजोड इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको...

कहिलेसम्म कायम शेयरधनीले पाउँछन् हिमालयन पावर पार्टनरको हकप्रद ?

हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद निष्काशनको बुक क्लोज मिति...

आजदेखि आधा सिलिण्डर ग्यास मात्र बिक्री हुने, अभाव हट्ने विश्वास

आज शुक्रबारदेखि आयल निगमले आधा सिलिन्डर ग्यास मात्र बिक्री...
spot_img