Sunday, May 10, 2026
spot_img

रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ जारी गर्ने बाटो खुल्यो

spot_img
spot_img

नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न अनुमति दिएको छ । बोर्डले मंगलबार उच्च अदालत पाटनको परामदेशको आदेशलाई कार्यान्वयन गर्दै आईपीओ निष्कासनको अनुमति दिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार धितोपत्र बोर्डले मंगलबार निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई दिएको पत्रमा भनिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०८१ असार १२ मा भएको स्वीकृति बमोजिम निवेदक कम्पनीको शेयर निष्काशन सम्बन्धमा कानूनबमोजिम आवश्यक निकाशा दिनु भनी परमादेशको आदेश जारी भए अनुसार उक्त कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धी प्रकृया अगाडी बढाउनुहुन जानकारी गराइन्छ ।’

रिलायन्सले एक वर्षअघि नै प्रतिकत्ता ८२०।८० रुपैयाँका दरले सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन गर्ने प्रक्रिया सुरु गरेको थियो । संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९ सय १२ रुपैयाँका दरबले आईपीओ किनिसकेका छन् । बोर्डबाट अनुमति पाएपछि अब कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र त्यसपछि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ ।

रिलायन्सको नेतृत्व हाल गोल्याण समूहका तेस्रो पुस्ताका प्रतिनिधि अक्षय गोल्याणले गरिरहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पान चुनावः विधान संशोधन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्ष कार्कीलाई

ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को साधारणसभा (चुनावी साधारणसभा) जेठ...

आय आर्जन र सम्पत्ति सिर्जनालाई सहयोग गर्नेगरी बजेट ल्याउन परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि...

आगामी बजेटमा समावेश गर्न इप्पानले दियो ५३ बुँदे सुझाव

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी बर्ष...

युनाइटेड मोदी हाइड्रोको एजीएम सम्पन्न, नाम परिवर्तन गरेर होल्डिङ्ग कम्पनी बन्ने

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड १२ औं बार्षिक साधारणसभा  आज...

तत्काल यी काम भए ऊर्जाबाट नै समृद्धि सम्भव

सञ्जिव न्यौपाने, ऊर्जा उद्यमी आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्र सय...

ई–बिडिङ प्रकरणमा बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

ई–बिडिङ प्रकरणमा २२ जनाविरुद्द मुद्दा दर्ता भएको छ ।...
spot_img