सागर डिष्टिलरी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो।
कम्पनीले भदौ ३० गतेदेखि असोज ५ गतेसम्म आम सर्वसाधारणलाई ११ लाख ९० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा कुल २२ लाख २७ हजार ५ सय ३ जनाले आवेदन दिएका थिए। जस मध्ये २२ लाख १९ हजार ८ सय २३ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा १ लाख १९ हजार ६४ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।
यो कम्पनी वि.सं. २०६९ सालमा यो कम्पनी स्थापना भएको हो । यस कम्पनीको फ्याक्ट्री देवचुली, नवलपुरमा रहेको छ । सागर डिष्टिलरीले मदिराजन्य उत्पादनहरु तयार पार्दछ । कम्पनीले Royal Blue, Grey Wolf, / Berries & Blues लगायतका ब्राण्डको मदिरा उत्पादन गरिरहेको छ । कम्पनीले ‘नेप्से बुल्स’ र ‘द गभर्नर’ नामको नामको प्रिमियम व्हिस्की पनि उत्पादन गरिरहेको छ ।
कम्पनीकी अध्यक्ष अल्का गोयल हुन् भने अन्य संचालकमा आशुतोष खेतान, राजीव प्याकुरेल, र रतन कुमार चौधरी छन् । ज्योति दाहाल कम्पनीको स्वतन्त्र संचालक हुन् ।