Wednesday, July 8, 2026
spot_img

बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँड, १ लाख ७० हजार १ सय ५० जनाले पाए शेयर

spot_img

बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज असोज २ गते बिहीबार बिहान ९:३० बजे शेयर बाँडफाँड गरेको हो।

कम्पनीले भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म  आम सर्वसाधारणलाई  १७ लाख १ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो। जसमा २१ लाख ७५ हजार ८ सय ८८ जनाको आवेदन परेको थियो । जस मध्ये २१ लाख ४३ हजार २ सय ५० जनाको आवेदन मात्र योग्य भएको छ।

मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड भएको छ। जसमा १ लाख ७० हजार १ सय ५० जनाले १० कित्ताको दरलेले शेयर पाएका छन् भने बाँकि आवेदक हात खाली भएका छन् । आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ।

कम्पनीले यस अघि नै आयोजना प्रभवित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफांड गरिसकेको छ।

यस कम्पनीले बझांगमा १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० भदौ २ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । यस कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरे हुन् । कम्पनीको अन्य संचालकमा राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहोरा, विरेन्द्र बहादुर मल्ल लगायत छन् । बुङ्गल हाइड्रो लिमिटेड एसजी ग्रुप अन्तर्गतको कम्पनी हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...

सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति...

आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ ११ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ मा अवस्थित...
spot_img