Friday, July 17, 2026
spot_img

रिलायबल समृद्धि योजना: बीमा क्षेत्र कै पहिलो म्युचुअल फण्ड, वार्षिक १५ प्रतिशतसम्म प्रतिफल

spot_img

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले २०८२ वैशाख ३ गतेदेखि सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्दै छ । क्यापिटलले रिलायबल म्युचुअल फण्ड नाम अन्तर्गत १ अर्ब रुपैयाँ बराबरको रिलायबल समृद्धि योजना नामको बन्दमुखी सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्न लागेको हो।

यस योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गर्ने छ। जस मध्ये कोष प्रबर्दक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई र योजना व्यवस्थापक रिलायबल क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ।  बाँकि रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम अधिकतम १ करोड कित्ताको लागि आवेदन दिन सकिने छ। इकाई निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।   यस निष्काशनमा छिटोमा वैशाख ७ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा वैशाख वैशाख १७ गतेसम्म आवेदन दिन सकिने छ।

माग भन्दा बढीको आवेदन परेको अवस्थामा योजनाको आकार २५ प्रतिशतले बढाएर १ अर्ब २५ करोडसम्म कायम गर्न सकिने छ ।

बीमा क्षेत्र कै पहिलो म्युचुअल फण्ड 

नेपालमा यस अघि संचालनमा रहेका सबै म्युचुअल फण्ड वाणिज्य बैंक वा विकास बैंकले प्रबर्दन गरेका थिए। रिलायबलको यो म्युचुअल फण्डमा बैंकले नभई बीमा कम्पनीले प्रबर्दन गरेको हो । यो फण्डको कोष प्रबर्दकमा जीवन बीमा कम्पनीको रुपमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड रहेको छ। सो कम्पनीको सहायक कम्पनीको रुपमा रहेको रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल यस फण्डको योजना व्यवस्थापक रहेको छ।

कहाँ हुन्छ लगानी ?

फण्ड मार्फत संकलन गरेको रकम योजनाले निम्न ठाउँमा लगानी गर्न सक्ने छ ।

– धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र

-सार्वजनिक निष्काशन भएको धितोपत्र

– धितोपत्र विनिमय बजारमा सूचीकृत धितोपत्र

– नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी वील तथा मुद्रा बजारका अन्य साधनहरु

-बैंक निक्षेप

-मुद्रा बजार उपकरण

-धितोपत्र बोर्डले तोकिदिएको अन्य क्षेत्र

यसरी लगानी गर्दा योजनाले सामुहिक लगानी कोष नियमावली, २०६७ को नियम ३६ अनुसार गर्नु पर्ने छ। जसमा लगानी गर्दा कुन शिर्षकमा कति प्रतिशत लगानी गर्न पाइनेछ भन्ने उल्लेख छ।

योजनाको वित्तीय प्रक्षेपण 

यस योजनाले मुद्दती निक्षेपबाट ब्याज आय, कल खाताको निक्षेपबाट प्राप्त व्याज,  बोनस शेयर (आर्जित), लाभांश आय,  लगानीको बिक्रीमा लाभ लगायतका शिर्षकमा आम्दानी गर्ने छ। योजनाले पहिलो वर्ष १० करोड १० लाख, दोस्रो वर्ष १५ करोड ८० लाख, तेस्रो वर्ष १६ करोड ९२ लाख, चौथो वर्ष १७ करोड ४० लाख, पाँचौ वर्ष १८ करोड ८२ लाख, छैठौ वर्ष २० करोड ६४ लाख, सातौ वर्ष २२ करोड ५९ लाख, आठौ वर्ष २४ करोड ७६ लाख, नवौं वर्ष २७ करोड १६ लाख तथा दशौँ वर्षमा ४८ करोड ५२ लाख आम्दानी गर्ने प्रक्षेपण गरेको छ।

आयोजना संचालन गर्दा योजना दर्ता र निष्काशन शुल्क, कोष ब्यबस्थापन शुल्क, डिपोजिटरी शुल्क , बार्षिक सुपरिबेक्षक शुल्क, नेपाल स्टक एक्सचेञ्जमा सूचिकरण शुल्क, सिडिएससीमा योजना दर्ता शुल्क, सिडिएससीमा योजना बार्षिक
शुल्क, सफ्टवेयर खच, सुचना प्रकाशन तथा प्रचार प्रसार शुल्क, योजना लेखापरीक्षण शुल्क, आदी खर्च हुन्छन् ।

सबै खर्च कटाएर योजनाले नाफा निकाल्छ । योजनाले पहिलो वर्ष ८ करोड ३२ लाख, दोस्रो वर्ष दोस्रो वर्ष १४ करोड ५६ लाख, तेस्रो वर्ष १४ करोड ९३ लाख, चौथो वर्ष १४ करोड ९६ लाख तथा पाँचौ वर्षमा १६ करोड ९ लाख नाफा कमाउने प्रक्षेपण गरेको छ। त्यस्तै छैठौं वर्षदेखि १० औ वर्षसम्ममा योजनाले क्रमश: १७ करोड ६१ लाख,  १९ करोड २५ लाख, २१ करोड ७ लाख, २३ करोड १० लाख, तथा ४८ करोड १९ लाख नाफा गर्ने प्रक्षेपण गरेको छ।

प्रतिफलको विवरण

योजनाले दोस्रो वर्षदेखि लाभांश वितरणको प्रक्षेपण गरेको छ। जसमा योजनाले दोस्रो र तेस्रो वर्षमा समान १० प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको छ भने चौथो, पाँचौ र छैठौ वर्षमा समान १२ प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको छ।  सातौ, आठौ र नवौं वर्षमा भने योजनाले समान १५ प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको छ।  योजनाले १० औं वर्षमा लगानी नै फिर्ता गर्ने भएकोले लाभांश दिने छैन ।

यस हिसाबमा योजनाको न्याभ र योजनाले दिने प्रतिगफललाई आधार मान्दा प्रारम्भिक लगानीमा पहिलो वर्ष ८.३२ प्रतिशत, दोस्रो वर्षमा ११.४५ प्रतिशत, तेस्रो वर्षमा १२.६१ प्रतिशत, चौथो वर्षमा १३.२० प्रतिशत तथा पाँचौ वर्षमा १३.७८ प्रतिशत प्रतिफल प्राप्त हुने योजनाको प्रक्षेपण छ।  त्यस्तै छैठौं वर्षमा १४.४२ प्रतिशत, सातौँ वर्षमा १५.११ प्रतिशत, आठौ वर्षमा १५.८५ प्रतिशत, नवौं वर्षमा १६.६६ प्रतिशत तथा दशौँ वर्षमा १९.८१ प्रतिशत हुने योजनाको प्रक्षेपण रहेको छ।

को को छन् कोष सुपरिवेक्षक

हरेक सामुहिक लगानी कोष योजनामा एक कोष सुपरिवेक्षक रहन्छ। जसले योजना व्यवस्थापकले प्रचलित कानुन तथा सम्झौता बमोजिम कोषको व्यवस्थापन गरेको छ भन्ने कुरा सुनिश्चित गर्नु पर्ने हुन्छ। त्यस्तै कोष सुपरिवेक्षकले सहभागीको हित संरक्षण गर्ने, योजना व्यवस्थापक तथा डिपोजिटरीको काम कारवाहीको सुपरिवेक्षण गर्ने, योजनाको खुद सम्पत्ति मूल्यको जाँच गर्ने, योजना अन्तर्गतका सम्पत्ति तथा कागजातहरु सुरक्षित साथ राखिए नराखिएको सुपरिवेक्षण गर्ने, बोर्डबाट स्वीकृत योजना बमोजिम योजना सञ्चालन भए नभएको सुपरिवेक्षण गर्ने, योजना व्यवस्थापकले राखेको अभिलेख दुरुस्त रहे नरहेको सुपरिवेक्षण गर्ने, योजना सम्बन्धमा प्राप्त गुनासाहरु समाधान भए नभएको सुपरिवेक्षण गर्ने लगायतका काम गर्नु पर्छ ।

यसको अलावा कोष सुपरिवेक्षकले योजना व्यवस्थापन सम्बन्धी प्रतिवेदन तयार गरी समय समयमा बोर्डमा पेश गर्ने, योजना व्यवस्थापकसँग योजना व्यवस्थापकले गरेको काम कारवाहीबारे कुनै विवरण वा जानकारी माग गर्न सक्ने, माग गरिएको विवरण वा जानकारीबाट वा अन्य कुनै श्रोतबाट योजना व्यवस्थापकको काम कारवाहीमा अनियमितता देखिएमा वा काम कारवाही सन्तोषजनक नदेखिएमा त्यस्तो काम कारवाही रोक्न वा सन्तोषजनक रुपमा सम्पादन गर्न योजना व्यवस्थापकलाई निर्देशन दिन सक्ने, दिइएको निर्देशन योजना व्यवस्थापकले पालना नगरेमा सोको जानकारी बोर्डलाई दिने काम पनि गर्नु पर्छ ।

साथै योजना व्यवस्थापकले ऐन वा नियमावलीको उल्लंघन गरेमा वा आफ्ना निर्देशन बारम्बार उल्लंघन गरेमा योजना व्यवस्थापक परिवर्तन गर्ने आदेश जारी गर्न बोर्डलाई अनुरोध गर्न सक्ने लगायतको भूमिका निर्वाह गर्नु पर्छ।

यिनै कार्यको लागि यस योजनामा ५ जना सम्मिलित कोष सुपरिवेक्षक रहेको छ।

१. सीए विजय वहादुर शाह : बीमा तथा सरकारी प्रतिष्ठानहरुमा ३० वर्ष भन्दा बढीको कार्य अनुभव साथै एनएलजी इन्स्योरेन्स कम्पनी लि. मा प्रमुख कार्यकारी अधिकृतको रुपमा १२ वर्षको कार्य अनुभव ।

२. सीए भुवन कडेल:  नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक पदको कार्यानुभव (नियमनकारी निकायको अनुभव) साथै बाणिज्य बैंक तथा वित्तीय क्षेत्रमा २८ वर्ष भन्दा बढीको कार्य अनुभव ।

३. शशि निधि तिवारी:  बाणिज्य बैक तथा वित्तीय क्षेत्रमा ४० वर्ष भन्दा बढीको कार्य अनुभव ।

४. सागर कुमार घिमिरे: बैंक तथा वित्तीय क्षेत्रमा २३ वर्ष भन्दा बढीको कार्य अनुभव साथै लुम्बिनी हर्बास्युटिकल प्रा.लि. मा प्रमुख कार्यकारी अधिकृतको २ वर्षको कार्य अनुभव ।

५. निरज श्रेष्ठ:  बैंक तथा वित्तीय क्षेत्रमा २२ वर्ष भन्दा बढीको कार्य अनुभव । हाल रिलायबल भेञ्चर क्यापिटल लिमिटेडको
सञ्चालक र रिलायबल प्राइभेट इक्विटी फण्डको लगानी समितीको संयोजकको रुपमा कार्यरत ।

योजना व्यवस्थापकको विवरण

यस योजनाको व्यवस्थापक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल हो। जुन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हो । क्यापिटलमा रिलायबल लाइफ इन्स्योरेन्सको शतप्रतिशत शेयर स्वामित्व रहेको छ । क्यापिटलको चुक्ता पुँजी २० करोड रहेको छ।

यस कम्पनीले निष्काशन तथा व्यवस्थापन गर्न लागेको रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने “रिलायबल समृद्धि योजना” प्रथम बन्दमुखि योजना हो । कम्पनीले हाल शेयर प्रत्याभूति सेवा तथा लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आईरहेको छ ।

क्यापिटलको प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र श्रेष्ठ हुन्। उनी २०७४ भाद्र ९ देखि हालसम्म रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडमा सहायक महाप्रबन्धकको पदमा कार्यरत छन्। त्यस्तै क्यापिटलको सहायक प्रबन्धकमा दिपेन्द्र कडरिया रहेका छन् । उनी २०७८ कार्तिक १० देखि हाल सम्म रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडमा सहायक महाप्रबन्धकको पदमा कार्यरत छन्।

आर्थिक वर्ष २०८०/८१ मा क्यापिटलले ३२ लाख ३५ हजार खुद नाफा कमाएको थियो । आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म क्यापिटलले १ करोड ५५ लाख खुद नाफा कमाएको छ।

कोष प्रबर्दकको विवरण 

यस योजनाको कोष प्रबर्दकको रुपमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड रहेको छ। यो संस्था कम्पनी ऐन, २०६३ बमोजिम २०६४÷०८÷१८ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेडको रुपमा दर्ता भई मिति २०७४÷०५÷१६ गते कारोबार गर्न स्वीकृति प्राप्त भई कारोवार सञ्चालन गर्दै आइरहेको छ । बीमा ऐन, २०७९ (तत्कालिन बीमा ऐन, २०४९) तथा बीमा नियमावली, २०४९ अनुसार नेपाल बीमा प्राधिकरण (तत्कालिन बीमा समिति) बाट जीवन बीमा व्यवसाय गर्ने बीमकको ईजाजतपत्र मिति २०७४÷०४÷१८ गते प्राप्त गरी जीवन बीमा व्यवसाय गर्दै आईरहेको छ । यस कम्पनीका प्रबद्र्धकहरुमा नेपालका प्रतिष्ठित उद्योगी, व्यवसायी, बैंकर, अर्थशास्त्री लगायतका प्रबुद्ध व्यक्तित्वहरु रहेका छन् । यस कम्पनीले स्थापनाकालदेखि नै मुनाफा आर्जन गर्न सफल भएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेपाल लाइफ इन्स्योरेन्सले बिरगंजमा किन्यो ८७.५३ धुर जग्गा, मूल्य ३३ करोड ७७ लाख

नेपाल लाइफ इन्स्योरेन्सले पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं....

तोलामा ३१ सयले घट्यो सुनको भाउ, चाँदीको मूल्य पनि घट्यो

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहीबार प्रतितोला...

मिटरब्याज पीडित पक्ष र सरकारबीच निर्णायक वार्ता हुँदै, आजै सम्झौता हुने

आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै...

४०५ स्थानीय तहमा आजबाट जग्गाको कित्ताकाट रोकियो

जग्गाको वर्गीकरण सम्पन्न नगरेका देशभरका स्थानीय तहमा जग्गाको कित्ताकाट...

निर्धन उत्थान लघुवित्तको सीइओमा नारायण बहादुर कार्की नियुक्त

निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा नारायण बहादुर कार्की...

तत्काल निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागी गराउनुपर्छ : निवर्तमान अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रसारण...
spot_img