नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो चरणको आईपीओ आजदेखि बिक्री खुला

spot_img

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आज माघ ८ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख २५ हजार कित्ता शेयर निष्काशन गरेको हो । यस निष्काशनमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले माघ २२ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि एनआईएमबि एस् क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले  कम्पनीलाई पुस २५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ मै शेयर निष्काशन गर्ने छ। श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई निष्काशन गरिएको आईपीओ बाँडफाँड भएपछि कम्पनीले आम सर्बसाधारणलाई आईपीओ निष्काशन गर्ने छ ।

कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं.१ मा रजिष्टर्ड कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले लघु बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...