एनएमबि क्यापिटलको खुलामुखी म्युचुअल फण्डले लाभांश नदिने भएको छ । क्यापिटलको एनएमबि सरल बचत फण्ड (NMB Saral Bachat Fund E) नामको खुलामुखी म्युचुअल फण्डले आ.व. २०८०/८१ को लागि प्रतिफल वितरण नगर्ने निर्णय गरेको हो।
क्यापिटलले बन्दमुखी म्युचुअल फण्डको लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ । क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेका एनएमबि फिफ्टी (NMB 50) र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड -२ ( NMB Sulav Investment Fund-II) को लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको हो ।
दुवै योजनाहरुका इकाईधनी दर्ता किताब अर्थात् बुक क्लोज २०८१ आश्विन ११ गते एक दिनकालागि बन्द हुने क्यापिटलले जनाएको छ । दर्ता किताब बन्द हुने मिति भन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेको प्रणालीमा कारोबार भई प्रचलित कानून बमोजिम तोकिएको भई आएका इकाईधनीहरु मात्र नगद लाभांश पाउन सक्ने छन्।
एनएमबि फिफ्टी (NMB 50) ले आर्थिक वर्ष २०८०/०८१ को लागि योजनाको इकाईधनीहरुलाई कर सहित १५ प्रतिशतका दरले र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड -२ ( NMB Sulav Investment Fund-II) ले आर्थिक वर्ष २०८०/०८१ को लागि योजनाको इकाईधनीहरुलाई कर सहित १० प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने छ ।









