प्रभु क्यापिटलले संचालन गरेको दुई वटा सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा गरेका छन् । प्रभु बैंक लिमिटेड कोष प्रबर्द्धक तथा प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ म्युचुअल फण्डले लाभांश घोषणा गरेका हुन् ।
प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेका हुन् । जस अनुसार प्रभु सेलेक्ट फण्डले कर सहित १० प्रतिशत र प्रभु स्मार्ट फण्डले कर सहित ८.५० प्रतिशत नगद लाभांश घोषणा गरेका हुन् ।क्यापिटलको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि तय गरिने क्यापिटलले जनाएको छ ।









