हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले आ.व. २०८० / ०८१ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रहेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।
कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट पनि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।









