Friday, September 4, 2026
spot_img

ओरियन्टल होटेल्सको लाभांश घोषणा , साधारणसभा पनि आह्वान

spot_img

ओरियन्टल होटेल्स लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आ.व. २०८० / ०८१ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३१ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। कम्पनीले असोज २० गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ७ देखि असोज २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज ६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

१. सञ्चालक समितिको अध्यक्षको मन्तव्य सहित सत्ताइसौ वार्षिक साधारण सभा आ.ब. २०८०/०८१ को प्रयोजनका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरिक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात तथा आ. व. २०८०/०८१ को नाफा नोक्सान हिसाब, एवम् सोही अवधिको नगद प्रवाह विवरण, ईक्वीटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्ध वित्तीय विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने ।

३. कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक बर्ष २०८०/०८१ को नाफाबाट हालको चुक्ता पूँजी रू. १,१२,८०,९०,४३८ को ०.२६३१६ प्रतिशतले हुन आउँने रू. २९,६८,६५९.०५ (अक्षेरूपी उन्नतिस लाख अठ्ठसठी हजार छ सय उनान्साठी र पाँच पैसा) कर प्रयोजनको लागि नगद लाभाशं बितरण गर्न स्वीकृत गर्ने ।

४. लेखापरिक्षण समितिको सिफारिस अनुसार आ.व. २०८१/०८२ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

विशेष प्रस्ताव

१. सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई ५ (पाँच) प्रतिशतका दरले बोनस शेयर बितरण गर्ने र सोहि अनुसार चुक्ता पूँजी बृद्धि गर्न स्विकृती प्रदान गर्ने ।

२. प्रवन्ध पत्रको दफा ६ (क), (ख) र (ङ) र नियमावलीको नियम १३ (छ) संशोधन र खारेजी गर्ने बारे ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लागत बढेको भन्दै व्यवसायीले बढाए ग्यासको भाउ

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर...

बाढी प्रभावितको लागि F1Soft ग्रुपद्वारा १ करोड ३५ लाख सहयोग

F1Soft ग्रुपले बाढी प्रभावितहरुको राहत, उद्दार र पुनर्स्थापनाको लागि...

बाढी प्रभावित व्यवसायको लागि राहत प्याकेज घोषणा, यस्ता छन् २० बुँदा

अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडित...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

रिद्धी सिद्धि र सौर्य सिमेन्टले बाढी प्रभावितहरुको राहत, उद्दार...

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा परेको छ । बिहिबारको...

२५ हजार मेट्रिक टन चिनी आयातको अनुमति

बजारमा चिनीको अभाव र मूल्य वृद्धि हुन थालेसँगै सरकारले...