नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्स फण्ड २ को लाभांश घोषणा भएको छ । नबिल बैंकद्वारा प्रबर्द्धन गरिएको र नबिल इन्भेष्टमेन्ट बैंकिंग योजना व्यवस्थापक रहेको सो फण्डको लाभांश घोषणा भएको हो ।
भदौ २५ गते अपरान्ह ३:१५ बजे बसेको योजना व्यवस्थापकको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । जस अनुसार नबिल ब्यालेन्स फण्ड २ ले इकाईधनीहरुलाई आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट कर सहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
लाभांश वितरणको असोज ११ गते बुक क्लोज मिति तय गरिएकोले असोज १० गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन् ।









