नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको खुलामुखी सामुहिक लगानी योजना ‘नबिल फ्लेक्सी क्याप फण्ड’ले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। नबिल बैंक कोष प्रबर्द्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिंग योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “नबिल फ्लेक्सी क्याप फण्ड” नामक खुलामुखी योजनाले प्रतिफल घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को लेखा परिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको २०८१/०५/२५ गते दिउँसो ३:१५ बजे बसेको संचालक समितिको ११३ औं बैठकले आर्थिक वर्ष २०८० / ०८१ का लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित ५ प्रतिशतका दरले हुन आउने प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण गर्नको लागि भदौ २६ गते बुक क्लोज गरिएको छ । भदौ २५ गते गतेसम्म इकाईधनीले उक्त लाभांश पाउन सक्ने छन् ।
“नबिल फ्लेक्सी क्याप फण्ड” एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफुले (प्राप्त गर्ने लाभांश (कर प्राप तथा निर्धारित डिपि शुल्क कट्टी पछि) बराबरको रकमबाट सो लाभांश वितरण पश्चात् समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan) मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको छ। सो सुविधा उपभोग गर्न चाहने योग्य इकाईधनीहरुलाई २०८१/०६/१० गतेका दिन सम्म नबिल इन्भेष्टमेन्टमा गइ वा आफै नबिल इन्भेष्टमेन्टको वेबसाइट मार्फत अन्लाइन नै आफ्नो नाम दर्ता गर्न कम्पनीले आग्रह गरेको छ। यस अघि नै सो योजनामा सहभागि हुन आफ्नो नाम दर्ता गराइ सकेका इकाईधनीहरु पुनः आफ्नो नाम दर्ता गराउन पर्ने छैन । लाभांश पुनः लगानी योजनामा सहभागी नहुनेले असोज १३ पछि नगद लाभांश पाउने छन् ।









