Friday, September 4, 2026
spot_img

आईपीओको तयारीमा रहेको बिफिनको लाभांश घोषणा, असोज १८ मा साधारणसभा

spot_img

बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल लिमिटेड  (बिफिन) ले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले असोज १८ गते नयाँ बानेश्वर स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले १४.७४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको सभामा  आर्थिक वर्ष २०८० /८१  को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८०/८१ को वासलात, विस्तृत नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण, पूँजीमा भएको परिवर्तन गायत तत्सम्बन्धी सम्पूर्ण अनुसुचीहरु उपर छलफल गरि स्विकृत गर्ने प्रस्ताव पेश हुने छन् ।

त्यस्तै संचालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पुँजी  चार करोड पन्चानब्बे लाखको १४.७४ प्रतिशत नगद लाभांश वितरण गर्न स्विकृत प्रदान गर्ने प्रस्ताव पेश हुने छ।  कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१/८१ को लागि कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाहृय लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभामा पेश हुने छ। सभामा संचालक नियुक्नति अनुमोदन गर्ने प्रस्ताव पनि पेश हुने छ ।

कम्पनीले  आईपीओ निष्काशन गर्ने तयारी पनि गरिरहेको छ । कम्पनीले आईपीओ निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले सर्बसाधारणलाई १० प्रतिशत अर्थात ५५ लाख रुपैयाँ बराबरको ५५ हजार कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको छ।

यस कम्पनीमा ७ वाणिज्य बैंक सहित एक दर्जन बढी वित्तीय संस्थाहरुको लगानी रहेको छ  ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लागत बढेको भन्दै व्यवसायीले बढाए ग्यासको भाउ

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर...

बाढी प्रभावितको लागि F1Soft ग्रुपद्वारा १ करोड ३५ लाख सहयोग

F1Soft ग्रुपले बाढी प्रभावितहरुको राहत, उद्दार र पुनर्स्थापनाको लागि...

बाढी प्रभावित व्यवसायको लागि राहत प्याकेज घोषणा, यस्ता छन् २० बुँदा

अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडित...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

रिद्धी सिद्धि र सौर्य सिमेन्टले बाढी प्रभावितहरुको राहत, उद्दार...

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा परेको छ । बिहिबारको...

२५ हजार मेट्रिक टन चिनी आयातको अनुमति

बजारमा चिनीको अभाव र मूल्य वृद्धि हुन थालेसँगै सरकारले...