Thursday, July 10, 2025

कुमारी क्यापिटलको ओपन म्युचुअल फण्डको लाभांश घोषणा

spot_img
spot_img

कुमारी क्यापिटलको खुलामुखी सामुहिक लगानी योजना ‘ओपन म्युचुअल फण्ड’ले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। कुमारी बैंक कोष प्रबर्द्धक तथा कुमारी क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “कुमारी सुनौलो लगानी योजना” नामक खुलामुखी योजनाले प्रतिफल घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को लेखा परिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको २०८१/०५/१० गते बिहान ११:३० बजे  बसेको संचालक समितिको ७० औं बैठकले आर्थिक वर्ष २०८० / ०८१ का लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित १०.५० प्रतिशतका दरले हुन आउने प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण गर्नको लागि भदौ ११ गते बुक क्लोज गरिएको छ । भदौ १० गते गतेसम्म इकाईधनीले उक्त लाभांश पाउन सक्ने छन् ।

“कुमारी सुनौलो लगानी”  एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफले (प्राप्त गर्ने लाभांश (कर प्राप तथा निर्धारित डिपि शुल्क कट्टी पछि) बराबरको रकमबाट सो लाभांश वितरण पश्चात् समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan) मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको छ।  सो सुविधा उपभोग गर्न चाहने योग्य इकाईधनीहरुलाई २०८१/०५/२५ गतेका दिन सम्म क्यापिटलमा गइ वा आफै क्यापिटलको वेबसाइट मार्फत अन्लाइन नै आफ्नो नाम दर्ता गर्न क्यापिटलले आग्रह गरेको छ। यस अघि नै सो योजनामा सहभागि हुन आफ्नो नाम दर्ता गराइ सकेका इकाईधनीहरु पुनः आफ्नो नाम दर्ता गराउन पर्ने छैन ।

spot_img
spot_img

- Advertisement -

spot_img

AI चिप निर्माता NVIDIA बन्यो ४ ट्रिलियन डलर बजार पूँजीकरण पुग्ने विश्वकै पहिलो कम्पनी

एआई चिप निर्माता कम्पनी एनभिडिया कर्पोरेसनले बुधबार इतिहास रच्दै...

आज बिहीबार कुन विदेशी मुद्राको सटही दर कति ?

नेपाल राष्ट्र बैङ्कले आज बिहिबारका लागि विदेशी मुद्राको विनिमय...

मुस्ताङमा आएको बाढीले ७ वटा पुल बगायो

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि...

खानी खोला हाइड्रोको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज...

हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुई अन्तर्राष्ट्रिय अवार्ड

निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचआई) ले दुई...

एसएमई कम्पनीले आईपीओ निकाल्न बिक्री प्रबन्धक नै नपाउने जोखिम, लकइनले झस्किए !

नेपाल धितोपत्र बोर्डले ल्याएको साना तथा मझौला संगठित संस्थाको...
spot_img