कुमारी क्यापिटलले संचालन गरेको दुई वटा सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा गरेका छन् । कुमारी बैंक लिमिटेडद्वारा कोष प्रबर्द्धन तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित “कुमारी इक्वीटी फण्ड” र “कुमारी धनवृद्धि योजना” ले लाभांश घोषणा गरेका हुन् ।
यी फण्डले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेका हुन् । जस अनुसार कुमारी इक्विटी फण्डले ९.५० प्रतिशत (कर सहित) ले हुन आउने रकम नौ करोड पचास लाख प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै कुमारी धनवृद्धि योजनाले ९.५० प्रतिशत (कर सहित) ले हुन आउने रकम ११ करोड ६३ लाख ८१ हजार ८ सय ९६ रुपैयाँ ५ पैसा प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।
लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि तय गरिने क्यापिटलले जनाएको छ ।