निर्धन उत्थान लघुवित्तले ऋणपत्र निष्काशन गर्ने भएको छ। कम्पनीको मङ्सिर ४ गते बसेको संचालक समितिको बैठकले ऋणपत्र निष्काशन गर्ने निर्णय गरेको हो।
कम्पनीले १ अर्बको सुरक्षण नराखिएको सहायक आवधिक ऋणपत्र निष्काशन गर्ने भएको हो। कम्पनीले यस ऋणपत्रमा ७ प्रतिशत ब्याज दिने प्रस्ताव गरेको छ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि ऋणपत्र निष्काशनको प्रक्रिया अगाडी बढ्ने छ।











