यूनाइटेड अजोड इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २१ लाख कित्ता बढी संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २१ लाख ७१ हजार ९ सय ३५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।
कम्पनीले यी शेयर चैत्र ५ देखि चैत्र १९ गतेसम्म लिलाम बढाबढ मार्फत बिक्री गर्न लागेको हो । कम्पनीले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता ४०० रुपैयाँ कायम गरेको छ। सो वा सो भन्दा बढी मूल्य कबुल गरि यी लिलामीको शेयरमा आवेदन दिन सकिने छ। यी शेयरमा जो कोहि आवेदकले आवेदन दिन सक्ने भएपनि आवेदन दिंदा आवेदकले आफु संस्थापक शेयर खरिद गर्न योग्य रहेको प्रमाण सहित स्वघोषणा पेश गर्नु पर्ने छ। अर्थात् संस्थापक शेयर खरिदको लागि नेपाल बीमा प्राधिकरणले जारी गरेको फिट एण्ड प्रपर टेस्ट अनुसार रहेको प्रमाण पेश गर्नु पर्ने छ।
शेयर लिलाम प्रक्रियाको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ। इच्छुक लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट मार्फत आवेदन फारम खरिद गरि त्यहि आवेदन दिन सक्ने छन् । आवेदन दिंदा भने न्युनतम १ लाख कित्ता शेयर खरिद गर्नको लागि दिनु पर्ने छ।











