सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २३ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ। कम्पनीले संस्थापक र सर्वसाधारण समूहको गरि कुल २ लाख २४ हजार ७ सय २८ कित्ता शेयर लिलाम गर्न लागेको हो ।
जस मध्ये संस्थापक समुहको ८० हजार २ सय २२ कित्ता शेयर तथा सर्वसाधारण समुहको १ लाख ४४ हजार ५ सय ६ कित्ता शेयर रहेको छ। यस लिलामी प्रक्रियाको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।
लिलामीको शेयरमा आवेदन दिंदा साधारणशेयरको हकमा न्युनतम १०० कित्ताको लागि र संस्थापक शेयरको हकमा न्युनतम १००० कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । संस्थापक शेयरको हकमा हाल कायम संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्ने छन्। इच्छुक लगानीकर्ताले असार ३० गतेसम्म आवेदन दिन सक्ने छन् ।
निम्न स्थानमा आवेदन दिन सकिने छ ।
कम्पनीले वैशाख ३० देखि असार ३ गतेसम्म १:०.२७ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २७ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रदमा बिक्री नभएको शेयर लिलाम हुन लागेको हो ।
i am interested