Tuesday, August 18, 2026
spot_img

असार २३ देखि हकप्रदमा अवितरित शेयर लिलाम गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स

spot_img

सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २३ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ। कम्पनीले संस्थापक र सर्वसाधारण समूहको गरि कुल २ लाख २४ हजार ७ सय २८ कित्ता शेयर लिलाम गर्न लागेको हो ।

जस मध्ये संस्थापक समुहको ८० हजार २ सय २२ कित्ता शेयर तथा सर्वसाधारण समुहको १ लाख ४४ हजार ५ सय ६ कित्ता शेयर रहेको छ।  यस लिलामी प्रक्रियाको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।

लिलामीको शेयरमा आवेदन दिंदा साधारणशेयरको हकमा न्युनतम १००  कित्ताको लागि र संस्थापक शेयरको हकमा न्युनतम १००० कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । संस्थापक शेयरको हकमा हाल कायम संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्ने छन्। इच्छुक लगानीकर्ताले असार ३० गतेसम्म आवेदन दिन सक्ने छन् ।

निम्न स्थानमा आवेदन दिन सकिने छ ।

कम्पनीले वैशाख ३० देखि असार ३ गतेसम्म १:०.२७ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २७ प्रतिशतले हुन आउने  १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रदमा बिक्री नभएको शेयर लिलाम हुन लागेको हो ।

spot_img

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...
spot_img