Monday, July 6, 2026
spot_img

स्वस्तिक एग्रो ईण्डष्ट्रिजको विशेष साधारणसभा सम्पन्न, आईपीओ प्रस्ताव पारित

spot_img

स्वस्तिक एग्रो ईण्डष्ट्रिज लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ। कार्तिक ८ गते शनिवार एग्रोको फार्म मै सभा सम्पन्न भएको हो ।

कम्पनीको कुल शेयरधनीहरुको ९५ प्रतिशत भन्दा बढि शेयरधनीको उपस्थितीमा सभा सम्पन्न भएको कम्पनीले जनाएको छ। कम्पनीको सभाले संचालक समितिमा परिर्वतन, कम्पनीको पुँजी बृद्धि, प्रबन्धपत्र तथा विनियमावलीमा आवश्यक संशोधन, तथा सर्वसाधारणमा शेयर (आईपीओ) बिक्री गर्ने प्रस्तावहरु पारित गरेको छ ।

सभाले कम्पनीको संचालक समितिमा भएको परिवर्तित संचालकहरुमा राम बहादुर यादब, राहुल शारडा र धिरेन्द्र दासलाई समर्थन गरेको छ ।

कम्पनीले आईपीओ निष्काशन गर्नको लागि यस अघि नै  नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले विद्यमान साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोवार नियमावली, २०८१ अन्तर्गत रहेर धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने तयारी गरेको छ।

दुग्ध तथा दुग्ध जन्य पदार्थ जस्तै दहि, घ्यू, चकलेट र पनिर लगाएतका अन्य उत्पादन र प्याकेजिङ्ग गर्ने उद्देश्यका साथ कम्पनी स्थापना भएको हो। स्वदेशि उत्पादनको माध्यमबाट देशलाई दुग्ध तथा दुग्ध जन्य पदार्थमा आत्म निर्भर बनाउँने र उपभोक्ताहरुका लागि “गोठ देखि भान्सासम्म” भन्ने मूल नाराका साथ शुद्ध दुग्ध तथा दुग्ध जन्य परिकारहरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ स्थापित कम्पनीले हाल कम्पनीको नाममा रहेको धनुषा जिल्लाको गोदार स्थित २ बिघा जमिनमा जर्सी तथा होल्स्टोन जस्ता उत्कृष्ट जातका ३५ वटा गाईहरुबाट दैनिक २०० लिटर भन्दा बढी दुग्ध उत्पादन गरी बिक्री बितरण गर्दै आईरहेको छ।

कम्पनीले निकट भविष्यमा ६५ वटा गाईहरु थप गरी १०० वटा गाईहरु पु¥याउने उद्देश्यले सेड तयार बनाई सकेको छ । कम्पनीले निकट भविष्यमा प्याकेजिङ्ग उद्योग स्थापना गरी दुग्ध उत्पादन क्षेत्रका लागि एक उत्कृष्ट तथा प्रतिष्ठित कम्पनी बनाउने उद्देश्यका साथ अध्ययन तथा अनुसन्धान गरिरहेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

डिजिटल एड प्लेटफर्म “एड्सारो नेपाल” सार्वजनिक, विज्ञापन बजारको क्लियरिङ हाउस बन्ने लक्ष्य

नेपालको आफनै डिजिटल विज्ञापन प्लेटफर्म “एड्सारो नेपाल” को औपचारिक...

CNIYEF द्वारा नेपालको अटोमोटिभ उद्योगको अवस्थाबारे उच्चस्तरीय ‘सीईओ फोरम’ सम्पन्न

नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा...

नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईंले...

सुनचाँदीको भाउमा गिरावट

आज सोमबार सुनको भाउमा गिरावट आएको छ । आइतबार...

माउन्ट एभरेष्ट पावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल...

निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी मौद्रिक नीति आउनुपर्छः अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको...
spot_img