Tuesday, May 5, 2026
spot_img
spot_img

मन्जुश्री फाइनान्सको साधारणसभा आह्वान, मर्जर प्रस्ताव पनि समावेश

spot_img
spot_img

मन्जुश्री फाइनान्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज ३१ गते शुक्रबार साधारणसभा आह्वान गरेको हो।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु

(क) सामान्य प्रस्ताव :
१. आर्थिक वर्ष २०८१ / ०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।

२. लेखापरिक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वासलात एवं आ.व. २०८१/०८२ को नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने ।
३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरिक्षण समितिको सिफारिसमा आर्थिक वर्ष २०८२ / ०८३ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी रु. १,३५,१५,५२,८४८८० (अक्षेरेपि एक अर्ब पैंतिस करोड पन्ध्र लाख बाउन्न हजार आठ सय अड्चालिस रुपैंया असी पैसा मात्र) को १५% ले हुन आउने रकम रु. २०,२७,३२,९२७ ३२ (अक्षेरेपि बिस करोड सत्ताईस लाख बत्तिस हजार नौ सय सत्ताईस रुपैंया बत्तिस पैसा मात्र) बरावरको नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

(ख) विशेष प्रस्तावहरु :
१. प्रबन्धपत्र र नियमावली संशोधन ।
नेपाल राष्ट्र बैकको स्वीकृत लिई यस वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालयलाई का.जि. का.म.न.पा. वडा नं. १० बाट का.जि. का.म.न.पा. वडा नं. ११ मा राख्नका लागि यस वित्तीय संस्थाको प्रबन्धपत्रको दफा २(१) र नियमावलीको नियम २ मा रहेको यस वित्तीय संस्थाको रजिष्टर्ड ( केन्द्रिय) कार्यालय रहने स्थान संशोधन गर्ने ।

२. प्रबन्ध-पत्र तथा नियमावलीलाई उपरोक्त बमोजिम संशोधन गर्न अनुमति लिनुपर्ने नियमनकारी निकायहरुबाट प्राप्त हुन आउने निर्देशन बमोजिम थपघट लगायत आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

३. यस वित्तीय संस्था र अन्य कुनै उपयूक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (Merger) गर्ने वा प्राप्ती (Acquisition) गर्ने तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा यस वित्तीय संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मुल्यांकन (Due Diligence Audit) गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मुल्यांकनकर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक तोक्न, गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्ने र सो प्रकृया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धी विशेष प्रस्तावलाई पारित गर्ने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले...

राष्ट्रपतिले दोस्रो पटकमा जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश...

एफएनसीसीआईको निर्वाचन जारी, ढकाल र श्रेष्ठले एकसाथ खसाले भोट

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा अन्तर्गत अहिले निर्वाचन...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ। सोमबार प्रतितोला २...

माथिल्लो भुरुन्डी ए जलविद्युत आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य जेपर्टले गर्ने

निको इनर्जी लिमिटेडले निर्माण गर्न लागेको ९ मेगावाट क्षमताको ...

वैदेशिक रोजगारीमा रहेकाले एभरेष्ट कलरको आईपीओ भर्ने आज अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले एभरेष्ट कलर लिमिटेडको आईपीओ भर्ने...
spot_img