गरिमा क्यापिटलले साधारणसभा आह्वान गरेको छ। क्यापिटलले भदौ २७ गते लेमन ट्री प्रिमियर होटेलमा साधारणसभा आह्वान गरेको हो।
सभामा संचालक समितिको प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । क्यापिटलले लाभांश प्रस्ताव गरेको छैन ।
यस्ता छन् क्यापिटलको सभामा पेश हुने प्रस्तावहरु।
१. आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ साल आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने ।
३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (बहालवाला लेखापरीक्षक श्री जोशी एण्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्तिको लागि योग्य हुनुहुन्छ ।)
४. संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार (४) जना सञ्चालकको निर्वाचन गर्ने ।









