चिरख्वा हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार २३ गते आइतबार काठमाडौँको बुद्धनगर स्थित क्वालिटी ब्यान्क्वेटमा साधारणसभा आह्वान गरेको हो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
यस्तो छ कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:
१. सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९ / २०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
२. लेखापरिक्षकको प्रतिवेदन सहित आ.व. २०७९ / ०८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण
वित्तिय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने सम्बन्धमा ।
३. आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने सम्वन्धमा ।
४. सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकहरूको निर्वाचन सम्बन्धमा ।
५. कम्पनीको ठेगाना परिवर्तन गर्ने सम्बन्धमा ।
६. कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा समसामयिक थप / संसोधन गर्ने सम्वन्धमा ।