Saturday, November 15, 2025
spot_img

यस्तो छ रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोकिएको सार्वजनिक सूचना

spot_img

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ तत्कालको लागि रोकिएको छ । संसदको सार्वजनिक लेखा समितिले कम्पनीको आईपीओको सम्बन्धमा नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई ५ बुँदे स्पष्टिकरण सोधेपछि बोर्डको बुधबारको निर्णय अनुसार आईपीओ तत्कालको लागि रोकिएको हो ।

आईपीओको लागि बिक्री प्रबन्धक रहेको ग्लोबल आईएमई क्यापिटलले आज बिहिबार सार्वजनिक सूचना जारी गर्दै आईपीओ रोक्का भएको जानकारी दिएको छ। नेपाल धितोपत्र बोर्डको मिति २०८१ /०३ /२६ गतेको पत्रबाट ग्लोबल आइएमई क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले निष्काशन गर्न लागेको धितोपत्रको सार्वजनिक निष्काशन प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि रोक्का राख्न आदेश भएको सूचनामा उल्लेख छ ।

कम्पनीले २०८१ असार १९ गते कारोबार दैनिक पत्रिकामा प्रकाशित आह्वान पत्रानुसार २०८१ साल असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहीरहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन गर्न लागेको थियो ।  तर बोर्डको आदेशानुसार अर्को निर्णय नभएसम्मको लागि आईपीओ रोक्का राखिएको  छ।

विशेषगरी कम्पनीको आईपीओको मूल्य के को आधारमा तय गरिएको, र योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशनको बेला भन्दा अहिले कम्पनीको वित्तीय अवस्था खस्किएको, योग्य संस्थागत लगानीकर्ता र कम्पनीबीच स्वार्थ बाझिएको छ कि छैन लगायतका विषयमा लेखा समितिले प्रश्न उठाएको थियो ।

यस अघि : यी १८ संस्थागत लगानीकर्ता जसले रिलायन्सको आईपीओमा ९१२ रुपैयाँ हाले, को सँग कति शेयर?

रिलायन्सको आईपीओ रोकियो, के भन्छन् सञ्चालक ?

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img