Wednesday, August 26, 2026
spot_img
spot_img

रिलायन्सको आईपीओ रोकियो, के भन्छन् सञ्चालक ?

spot_img

नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्काशन प्रक्रिया तत्कालका लागि रोकेको छ । बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाले अर्को सूचना जारी नभएक सम्मका लागि सर्वसाधारणमा जारी हुन लागेको कम्पनीको आईपीओ रोकेका हुन् ।

बुक बिल्डिङबाट आउँदै गरेको कम्पनीको आईपीओ वैदेशिक रोजगारीमा जानेका लागि बिहीबारबाट आवेदन खुल्दै थियो । तर, तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा कैफियत रहेको भन्दै आलोचना भएपछि संसदको लेखा समितिले धितोपत्र बोर्डलाई यसबारे स्पष्टिकरण सोधेको थियो ।

कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसामा आईपीओ जारी गर्न अनुमति पाएको थियो ।

कम्पनीका सञ्चालकहरुले भने कुनै कैफियत नभएको र शंका लागेपछि ‘क्लियर’ हुने कुरा जायज नै भएको बताएका छन् । सञ्चालक शशिकान्त अग्रवालले रिलायन्स स्पिनिङ मिल्स ‘ट्रान्सपरेन्ट’ कम्पनी भएकाले वित्तीय विवरण प्रकाशित गर्ने आँट गरेको भन्दै यसैलाई आधार मानेर शंका उब्जिएपछि हाललाई प्रक्रिया रोकिएको भएपनि यसबारे आफूहरुको खासै टिप्पणी नरहेको बताएका छन् ।

‘हाम्रो कम्पनी ट्रान्सपरेन्ट छ, हामी गलत थियौँ भने त त्यो विवरण लुकाउँथ्यौँ होला नि, ट्रान्सपरेन्ट भएकैले पब्लिस गर्ने आँट गरेका हौँ’ उनले भने, ‘त्यसैलाई आधार बनाएर केही शंका आए, त्यसपछि लेखा समितिले बोर्डलाई के भएको हो भनेर सोध्यो, बोर्डले विषय क्लियर नहुन्जेल प्रक्रिया रोक्यो । यसलाई हामीले सहज रुपमै लिएका छौँ । किनकी, शंका उब्जिएपछि त्यसबारे क्लियर हुनु राम्रो कुरा हो ।’ उनले अहिले प्रक्रिया रोकिँदा आईपीओ निष्काशन हुन केही दिन ढिलाई हुने भएपनि अरु कुनै विवरण र मुल्य फेरबदल नहुने दाबी गरेका छन् ।

लेखा समितिले उठायो ५ सवाल 

संसदको सार्वजनिक लेखा समितिले हिजो मात्र  रिलायन्स स्पिनिङ मिल्सको आईपीओको सम्बन्धमा नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई ५ बुँदे स्पष्टिकरण सोधेको थियो । आईपीओ बारे आएका समाचारहरुमा आफ्नो ध्यानकर्षण भएको भन्दै लेखा समितिले धितोपत्र बोर्डलाई  पत्र लेखेको हो ।

यस्ता थिए लेखा समितिले उठाएको ५ विषय :

१. उक्त कम्पनीको आधार मूल्य के आधारमा तय गरिएको हो ? बुक विल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो ?

२. रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङमा आईपीओ ल्याउँदा अर्थात गत आर्थिक वर्षमा आफ्नो वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेको थियो तर अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ०८ पैसामा सिमित भएको छ । अर्थात यसअघि वित्तीय विवरण तयार गर्दा Manipulation भएको अनुमान गर्न किन नसकिने ?

३. सर्वसाधारण र संस्थागत लगानीकर्तालाई कम्पनीको तर्फबाट जारी गरिएको आह्वान पत्रमा वित्तीय विवरणको प्रक्षेपण आर्थिक वर्ष २०७९ ।८० मा प्रतिसेयर आम्दानी ५४.३४ रुपैयाँ आर्थिक वर्ष २०८०।८१ मा ३२.९० रुपैयाँ, २०८१।८२ मा ३२.८९ र २०८२ । ८३ मा ५३.९३ रुपैयाँ रहेकोमा कम्पनीबाट प्रकाशित आर्थिक वर्ष २०८० । ८१ को चैत्रसम्मको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी रुपैयाँ २.०८ मात्र देखाएको हुँदा प्रक्षेपित विवरण र वास्तविकतामा सामन्जस्यता नदेखिएको हुँदा सो सम्बन्धमा के भएको हो सोको स्पष्ट जानकारी उपलब्ध गराइदिनुहुन ।

४. उक्त कम्पनीमा बुकविल्डिङका लागि विड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकहरुसँग स्वार्थ बाझिएको छ कि छैन ? बुक विल्डिङमा कुन संस्थागत लगानीकर्ताले कति मूल्यमा कति कित्ता सेयरका लागि आवेदन दिएका थिए सोको समेत विस्तृत विवरण उपलब्ध गराइदिनुहुन ।

५. कम्पनीले तीनवटा आर्थिक वर्षमा फरक फरक प्रतिसेयर आम्दानी (हरेक आ.व. मा घट्दै गएको ) सार्वजनिक गरेको देखिएकोले सर्वसाधारण लगानीकर्ताको लगानी सुरक्षा सम्बन्धमा नेपाल धितोपत्र वोर्डको धारणा के हो ?

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...