शेयरबजारमा अधिकांश समूहमा गिरावट, ३४ सय पुग्यो समाज लघुवित्तको शेयर मूल्य

spot_img

साताको दोस्रो दिन आज सोमबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से सूचक ४.६२ अंकले घटेर २१३६.३५ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३२४ कम्पनीका १ करोड ४ लाख ७५ हजार १ सय ८१ कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १ सय ६ रुपैयाँको कारोबार भएको छ। जस मध्ये एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको सर्वाधिक २८ करोड ७० लाखको कारोबार भएको छ । त्यस्तै जानकी फाइनान्सक्जो १५ करोड ५५ लाख तथा सीईडिबी हाइड्रोको ९ करोड ६३ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.६८ प्रतिशतले बढेको छ । यस सँगै कम्पनीको शेयर मूल्य प्रति कित्ता ३४०० रुपैयाँ पुगेको छ ।

आज एनआईसी एसिया बैंकको ऋणपत्रको शेयर मूल्य ६.०१ प्रतिशत, सिन्धु विकास बैंकको शेयर मूल्य ५.१६ प्रतिशत तथा दोर्दीखोला हाइड्रोको शेयर मूल्य ५.०३ प्रतिशत बढेको छ ।

आज मैलुंग खोला जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक ८.३९ प्रतिशत, तथा आँखुखोला जलविद्युत कम्पनीको शेयर मूल्य ४.२७ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये फाइनान्स , माइक्रोफाइनान्स र म्युचुअल फण्डका समुहगत सूचक बढेका छन् । जस मध्ये माइक्रोफाइनान्स समुह सर्वाधिक ०.९२ प्रतिशत बढेको छ। आज होटेल तथा टुरिजम समूह सर्वाधिक ०.९५ प्रतिशत घटेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...

एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज...