Tuesday, July 28, 2026
spot_img

शेयरबजारमा अधिकांश समूहमा गिरावट, ३४ सय पुग्यो समाज लघुवित्तको शेयर मूल्य

spot_img

साताको दोस्रो दिन आज सोमबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से सूचक ४.६२ अंकले घटेर २१३६.३५ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३२४ कम्पनीका १ करोड ४ लाख ७५ हजार १ सय ८१ कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १ सय ६ रुपैयाँको कारोबार भएको छ। जस मध्ये एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको सर्वाधिक २८ करोड ७० लाखको कारोबार भएको छ । त्यस्तै जानकी फाइनान्सक्जो १५ करोड ५५ लाख तथा सीईडिबी हाइड्रोको ९ करोड ६३ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.६८ प्रतिशतले बढेको छ । यस सँगै कम्पनीको शेयर मूल्य प्रति कित्ता ३४०० रुपैयाँ पुगेको छ ।

आज एनआईसी एसिया बैंकको ऋणपत्रको शेयर मूल्य ६.०१ प्रतिशत, सिन्धु विकास बैंकको शेयर मूल्य ५.१६ प्रतिशत तथा दोर्दीखोला हाइड्रोको शेयर मूल्य ५.०३ प्रतिशत बढेको छ ।

आज मैलुंग खोला जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक ८.३९ प्रतिशत, तथा आँखुखोला जलविद्युत कम्पनीको शेयर मूल्य ४.२७ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये फाइनान्स , माइक्रोफाइनान्स र म्युचुअल फण्डका समुहगत सूचक बढेका छन् । जस मध्ये माइक्रोफाइनान्स समुह सर्वाधिक ०.९२ प्रतिशत बढेको छ। आज होटेल तथा टुरिजम समूह सर्वाधिक ०.९५ प्रतिशत घटेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

उद्योगीलाई अर्थमन्त्रीले सोधे, ‘नयाँ लगानी कहाँ अड्कियो ?’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरुलाई ‘नयाँ लगानी आउन...

प्रयोग हुन थाल्यो अर्थमन्त्रीको अफर, करमा १ प्रतिशत थप रकम तिर्ने गरि मुद्दा फिर्ता लिने बढ्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट...

एनआईसी एशिया बैंकले सेबोनसँग माग्यो हकप्रद निष्काशन अनुमति

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै...

हार्वर्ड ग्राजुएट विवेक राज कँडेल ऊर्जामन्त्री श्रेष्ठको सल्लाहकार नियुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार...

विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमलाई

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...
spot_img