आज बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १५.४६ अंकले बढेर २११९.६९ को बिन्दुमा पुगेर रोकिएको छ ।
आज कारोबारमा आएका ३१३ कम्पनीका २ करोड २१ लाख ६७ हजार ६ सय ७८ कित्ता शेयर खरिद बिक्रीबाट ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९ सय ८० रुपैयाँ ६४ पैसाको कारोबार भएको छ । जस मध्ये एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक ३० करोड ९ लाखको कारोबार भएको छ । त्यस्तै नेपाल फाइनान्सको १७ करोड ६४ लाख, महालक्ष्मी विकास बैंकको १७ करोड १२ लाख, तथा शांग्रिला डेभलपमेन्ट बैंकको १५ करोड ४१ लाखको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये आँखुखोला जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । त्यस्तै समाज लघुवित्तको शेयर मूल्य ९.२३ प्रतिशत , आरम्भ चौतारी लघुवित्तको शेयर मूल्य ७.३३ प्रतिशत ,तथा शांग्रिला डेभलपमेन्ट बैंकको शेयर मुल्य ६.४२ प्रतिशत बढेको छ ।
आज कारोबारमा आएका मध्ये मैलुंग खोला जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक ९.३७ प्रतिशतले घटेको छ । त्यस्तै दोर्दीखोला जलविद्युतको शेयर मूल्य ४.७५ प्रतिशत घटेको छ ।
आज कारोबारमा आएका समुहगत सूचक मध्ये फाइनान्स समुह र उत्पादन त्तहा प्रशोधन समुह बाहेकका सबै समुहगत सूचक बढेको छ । जस मध्ये विकास बैंक समुह सर्वाधिक ३.४३ प्रतिशत तथा लाइफ इन्स्योरेन्स समुह १.९७ प्रतिशत बढेको छ । फाइनान्स समुह भने ०.५९ प्रतिशत घटेको छ ।