Thursday, November 13, 2025
spot_img

शेयरबजार अन्तिममा हरियो, फाइनान्स कम्पनीमा लगानीकर्ताको अत्याधिक आकर्षण

spot_img

आज बुधबार शेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ ।दिनभर जसो रातो रहेको नेप्से सूचक ३.७९ अंकले बढेर २१०४.२२ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३१४ कम्पनीका १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता शेयर खरिद बिक्रीबाट ५ अर्ब ८ करोड ३५ लाख २८ हजार ९ सय ३५ रुपैयाँ १७ पैसाको कारोबार भएको छ । जस मध्ये मन्जुश्री फाइनान्सको सर्वाधिक २३ करोड १ लाखको कारोबार भएको छ भने आइसीएफसी फाइनान्सको १७ करोड ४९ लाख, रिलायन्स फाइनान्सको १६ करोड ५२ लाख तथा सेन्ट्रल फाइनान्सको १३ करोड ५ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये सेन्ट्रल फाइनान्स र आईसीएफसी फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै गुहेश्वरि मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयर मूल्य ९.९८ प्रतिशत तथा मन्जुश्री फाइनान्सको शेयर मूल्य ९.९६ प्रतिशत बढेको छ।

आज चिर्ख्वा हाइड्रोको शेयर मूल्य सर्वाधिक ४.७० प्रतिशतले घटेको छ भने हिमालय उर्जा विकास कम्पनीको शेयर मूल्य ४.२७ प्रतिशत घटेको छ ।

आज कारोबारमा एक मध्ये ट्रेडिङ समुह सर्वाधिक ६.१२ प्रतिशत बढेको छ भने फाइनान्स समुह ६.०४ प्रतिशत बढेको छ । आज बैंकिङ्ग समुह, विकास बैंक समुह र इन्भेष्टमेन्ट समुहको सूचक पनि बढेको छ। आज उत्पादन तथा प्रशोधन समुह सर्वाधिक १.०७ प्रतिशत घटेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता...

सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने विश्वबैंकको प्रक्षेपण

विश्व बैंकले नेपालको आर्थिक वृद्धि सन् २०२५ मा चार...
spot_img
spot_img
spot_img