Wednesday, February 11, 2026
spot_img

धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न सरकारले बनायो अर्को समिति

spot_img
spot_img

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न सरकारले नयाँ समिति गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयागका उपाध्यक्ष मिनवहादुर श्रेष्ठको अध्यक्षतामा समिति गठन गरेको हो। समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी (पदेन सदस्य) र अर्का सदस्यमा व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेका छन् ।

यस अघि गठन भएको सिफारिस समितिमा पनि यिनै ३ जना सदस्य थिए । तर यस अघि गठन भएको समितिले गत शुक्रबार सम्पूर्ण छनोट प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । सिफारिस समितिले सर्टलिस्ट गरेका ५ उम्मेदवारमध्ये २ जना मात्रै अन्तर्वार्तामा सहभागी भएपछि प्रक्रिया नै अन्योलमा थियो । यस विषयमा महान्यायाधिवक्ताको कार्यालयले २ जनाको मात्रै नाम सिफारिस गर्न नमिल्ने राय दिएपछि छनोट समितिले प्रक्रिया रद्द गरेको थियो। त्यस सँगै सरकारले फेरी नयाँ प्रक्रिया सुरु गरेको हो। धितोपत्र सम्बन्धी ऐनको दफा ७ मा अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

विवाद सर्वोच्चमा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाको विवाद सर्वोच्च अदालतसम्म पुगेको छ । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सम्पूर्ण प्रक्रिया रद्द गरेपछि अध्यक्षको लागि आवेदन दिएका सन्तोष नारायण श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

उनले सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिममा आएर सिफारिस समितिले प्रक्रिया रद्द गर्नु उचित्त नदेखिएको भन्दै रिट दायर गरेका हुन् ।

रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, अर्थ मन्त्रालय मातहतको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा , महान्यायाधिवक्ताको कार्यालय, नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समिति, सिफारिस समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सदस्य सचिव डा. मधु कुमार मरासिनी र उदय निरौलालाई विपक्षी बनाएका छन् । यस रिटको पेशी असार १८ गते मंगलबारलाई तोकिएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिद्धार्थ फर्मास्युटीकल्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडले प्राथमिक शेयर निष्कासन (IPO) निष्काशन गर्ने...

पाल्पा सिमेन्टको स्थानीयको आईपीओ बाँडफाँड, लगानीकर्ताले ९० कित्तासम्म पाए शेयर

पाल्पा सिमेन्ट इण्डष्ट्रीजले आयोजना प्रभावित स्थानीयको लागि निष्काशन गरेको...

डिजिटल ट्रान्सफर्मेसनको लागि विश्व बैंकले ७ अर्ब दिने, नागरिक एपलाई ४ मिलियन डलर

विश्व बैंकले नेपालको डिजिटल सार्वजनिक पूर्वाधारलाई मजबुत बनाउन र...

अघि बढ्ने भयो एसएमई कम्पनीको आईपीओ, नेप्सेले स्वीकृतिको लागि पठायो विनियमावली

नेपाल स्टक एक्सचेन्ज नेप्सेले 'साना तथा मझौला संगठित संस्थाको...

फिल्म पर्यटन प्रवर्धन गर्ने उदेश्यसहित पर्यटन र चलचित्र विकास बोर्डबीच समझदारी

नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच नेपाललाई ‘अन्तर्राष्ट्रिय...

आयल निगम आफैँले बेच्न थाल्यो ग्यास, कुन कुन कम्पनीको पाइन्छ ?

केही दिनयता बजारमा खाना पकाउने ग्यासको अभाव भएको चर्चा...
spot_img