Saturday, November 15, 2025
spot_img

अपर हेवाखोला हाइड्रोको स्थगित भएको साधारणसभाको लागि नयाँ मिति तय

spot_img

अपर हेवाखोला हाइड्रो पावर कम्पनीले स्थगित भएको आर्थिक २०७९/८० को साधारणसभाको लागि नयाँ मिति तय गरेको गरेको छ । कम्पनीले २०८१ असार २६ गते काठमाडौँको गौशालामा साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले यस अघि २०८० चैत्र १६ गतेको लागि साधारणसभा आह्वान गरेकोमा चैत्र ११ मै सुचना निकालेर सभा स्थगित गरेको थियो । स्थगित भएको सोहि सभाको लागि कम्पनीले असार२६ को नयाँ मिति तय गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि २०८० फागुन २४ गते नै बुक क्लोज गरिसकेको छ । २०८० फागुन २३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभमा भाग  लिन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

साधारण प्रस्ताव

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०७९ / ०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्ने ।

२) लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व. २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसंग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने ।

३) कम्पनी ऐनको दफा १११ बमोजिम आ.व.२०८०/०८१ को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षण समितिको सिफारिश बमोजिम लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने ।

विशेष प्रस्ताब

१) उपयुक्त नयाँ जलविद्युत आयोजना पहिचान गरी लगानी गर्ने वा अन्य कम्पनीद्धारा प्रवर्धित वा निमार्णाधिन जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धमा ।

२) सर्वसाधारण शेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको पद रिक्त रहेकोले उक्त पदमा बाँकी अवधिका लागि सञ्चालकको निर्वाचन गर्ने ।

३) सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकको नियुक्तिको अनुमोदन गर्ने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img