Thursday, June 25, 2026
spot_img

अपर हेवाखोला हाइड्रोको स्थगित भएको साधारणसभाको लागि नयाँ मिति तय

spot_img
spot_img

अपर हेवाखोला हाइड्रो पावर कम्पनीले स्थगित भएको आर्थिक २०७९/८० को साधारणसभाको लागि नयाँ मिति तय गरेको गरेको छ । कम्पनीले २०८१ असार २६ गते काठमाडौँको गौशालामा साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले यस अघि २०८० चैत्र १६ गतेको लागि साधारणसभा आह्वान गरेकोमा चैत्र ११ मै सुचना निकालेर सभा स्थगित गरेको थियो । स्थगित भएको सोहि सभाको लागि कम्पनीले असार२६ को नयाँ मिति तय गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि २०८० फागुन २४ गते नै बुक क्लोज गरिसकेको छ । २०८० फागुन २३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभमा भाग  लिन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

साधारण प्रस्ताव

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०७९ / ०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्ने ।

२) लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व. २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसंग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने ।

३) कम्पनी ऐनको दफा १११ बमोजिम आ.व.२०८०/०८१ को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षण समितिको सिफारिश बमोजिम लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने ।

विशेष प्रस्ताब

१) उपयुक्त नयाँ जलविद्युत आयोजना पहिचान गरी लगानी गर्ने वा अन्य कम्पनीद्धारा प्रवर्धित वा निमार्णाधिन जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धमा ।

२) सर्वसाधारण शेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको पद रिक्त रहेकोले उक्त पदमा बाँकी अवधिका लागि सञ्चालकको निर्वाचन गर्ने ।

३) सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकको नियुक्तिको अनुमोदन गर्ने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...
spot_img