Friday, May 8, 2026
spot_img
spot_img

कोरोना बीमाको रकमबारेको मुद्दा न्यायधीश मुसलमानको एकल इजलाशमा

spot_img
spot_img

कोरोना बीमा रकम भुक्तानी माग गर्दै सरकार विरुद्द सर्वोच्च अदालतमा दायर भएको रिटमा आज सोमबारको लागि पेशी तोकिएको छ । यो रिट न्यायधीश अव्दुल अजीज मुसलमानको एकल इजलाशमा परेको छ । सो इजलाशको १० औ नम्बरमा यो रिट रहेको छ।

नेपाल बीमक संघले हिजो आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल बीमा प्राधिकरण साविक बीमा समितिलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेको थियो । सम्पूर्ण निर्जीवन बीमा कम्पनीको तर्फबाट नेपाल बीमक संघका महासचिव अशोक कुमार खड्काले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सरकारले यसअघि बीमक संघसँग गरेको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै संघले मुद्दा दायर गरेको हो । रिटमा कोर्न बीमा वापत सरकारले भुक्तानी गर्नु पर्ने रकम भुक्तानी गराउनको लागि परमादेश माग गरिएको छ ।

सरकारले बीमा कम्पनीहरूलाई कोरोना बीमाको ११ अर्ब बढी भुक्तानी गर्न बाँकी छ । सरकारले लामो समय भईसक्दा समेत सो रकम नदिएपछि बीमा कम्पनीहरु सर्वोच्च गएका हुन्।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img