spot_img

निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय कस्तो ?

spot_img

निर्जीवन बीमा कम्पनीहरुले १० महिनामा पौने ३३ अर्बको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीहरुले कुल ३२ अर्ब ७ करोड ४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । १० महिनामा कम्पनीहरुले २३ लाख ९३ हजार १८२ वटा निर्जीवन बीमालेख बिक्री गरेका छन् ।

समिक्षा अवधिमा सबैभन्दा धेरै व्यवसाय शिखर इन्स्योरेन्सको देखिएको छ । शिखर मर्जर बिनानै आफ्नो नम्बर वानको ताज कायमै राखेको छ । १० महिनामा कम्पनीले ४ अर्ब ५४ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन आर्जन गरेको छ । सो अवधिमा कम्पनीले २ लाख ६१ हजार २५२ वटा बीमालेख बिक्री गरेको छ । बैशाखमा मात्रै कम्पनीले २९ हजार ७०४ वटा बीमालेख बिक्री गरि ३१ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

व्यवसायको आधारमा दोस्रो सूचीमा भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) छ । कम्पनीले ३ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । १० महिनामा कम्पनीले २ लाख ४३ हजार १५ वटा बीमालेख बिक्री गरेको छ । बैशाखमा मात्रै कम्पनीले १९ हजार ३४ वटा बीमालेख बिक्री गरि ३५ करोड २४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तेस्रो सूचीमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि ३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
हिमालयन एभरेष्टले २ अर्ब ८ करोड ८९ लाख, आइजीआई प्रुडेन्सियलले २ अर्ब ८ करोड ८९ लाख, नेको इन्स्योरेन्सले २ अर्ब ६४ करोड ७१ लाख, युनाईटेड अजोडले २ अर्ब १७ करोड ६१ लाख र एनएलजी इन्स्योरेन्सले २ अर्ब ३ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै, सानिमा जिआइसीले १ अर्ब ९४ करोड ६५ लाख, ओरियण्टलले १ अर्ब ६४ करोड ६० लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब ४४ करोड ३९ लाख, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३४ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब २५ करोड ८७ लाख र नेशनल इन्स्योरेन्सले ९४ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...