Monday, July 14, 2025

निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय कस्तो ?

spot_img
spot_img

निर्जीवन बीमा कम्पनीहरुले १० महिनामा पौने ३३ अर्बको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीहरुले कुल ३२ अर्ब ७ करोड ४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । १० महिनामा कम्पनीहरुले २३ लाख ९३ हजार १८२ वटा निर्जीवन बीमालेख बिक्री गरेका छन् ।

समिक्षा अवधिमा सबैभन्दा धेरै व्यवसाय शिखर इन्स्योरेन्सको देखिएको छ । शिखर मर्जर बिनानै आफ्नो नम्बर वानको ताज कायमै राखेको छ । १० महिनामा कम्पनीले ४ अर्ब ५४ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन आर्जन गरेको छ । सो अवधिमा कम्पनीले २ लाख ६१ हजार २५२ वटा बीमालेख बिक्री गरेको छ । बैशाखमा मात्रै कम्पनीले २९ हजार ७०४ वटा बीमालेख बिक्री गरि ३१ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

व्यवसायको आधारमा दोस्रो सूचीमा भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) छ । कम्पनीले ३ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । १० महिनामा कम्पनीले २ लाख ४३ हजार १५ वटा बीमालेख बिक्री गरेको छ । बैशाखमा मात्रै कम्पनीले १९ हजार ३४ वटा बीमालेख बिक्री गरि ३५ करोड २४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तेस्रो सूचीमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि ३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
हिमालयन एभरेष्टले २ अर्ब ८ करोड ८९ लाख, आइजीआई प्रुडेन्सियलले २ अर्ब ८ करोड ८९ लाख, नेको इन्स्योरेन्सले २ अर्ब ६४ करोड ७१ लाख, युनाईटेड अजोडले २ अर्ब १७ करोड ६१ लाख र एनएलजी इन्स्योरेन्सले २ अर्ब ३ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै, सानिमा जिआइसीले १ अर्ब ९४ करोड ६५ लाख, ओरियण्टलले १ अर्ब ६४ करोड ६० लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब ४४ करोड ३९ लाख, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३४ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब २५ करोड ८७ लाख र नेशनल इन्स्योरेन्सले ९४ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

 आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले रु...

बजारमा अधिक तरलता: तर ४ दिनको लागि निक्षेप राख्न बैंकहरु अनिच्छुक

बैंकहरु राष्ट्र बैंकमा ४ दिन अवधिको निक्षेप राख्न अनिच्छुक...

Jayandra’s journey From Mahendranagar to Manhattan

Jayandra Chiluwal, a Nepali actor, originally from Mahendranagar, has...

साउन १ बाट सबै सरकारी भुक्तानी विद्युतीय प्रणालीमार्फत हुनु पर्ने

अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य...

चेम्बरले भन्यो ‘मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने खालको’

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...
spot_img