Tuesday, March 3, 2026
spot_img

जेनजी प्रदर्शन : २ वटा कम्पनीमा पर्यो ५ अर्ब बढीको बीमा दाबी, अरुमा कति ? (सूचीसहित)

spot_img
spot_img

भदौ २३ र २४ गते भएका विभिन्न क्षति, आगजनी र लुटपाटको बीमा कम्पनीहरुमा २३ अर्ब बढीको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोज ८ गतेसम्ममा विभिन्न १८ वटा बीमा कम्पनीहरुमा २३ अर्ब बढीको बीमा दाबी परेको छ ।

प्राधिकरणको तथ्यांक अनुसार हालसम्म १८ वटा कम्पनीमा २९८८ वटा बीमा दाबी परेको छ, जसको कुल रकम २३ अर्ब ३९ करोड २७ लाख १० हजार रुपैयाँ रहेको छ । जसमा सबैभन्दा धेरै बीमा दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ। कम्पनीमा ५ अर्ब ४५ करोड ९३ लाखको बीमा दाबी परेको छ ।

त्यस्तै दि ओरियन्टल इन्स्योरेन्समा ५ अर्ब २३ करोडको बीमा दाबी परेको छ । भदौ २४ गते नक्सालमा रहेको होल्टन होटेलमा आगजनी भएको थियो । सो को बीमा ओरियन्टलमा रहेको थियो।

अर्ब बढीको बीमा दाबी पर्ने अन्य कम्पनीहरुमा आईजीआई प्रुडेन्शियल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स,  सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र नेको इन्स्योरेन्स रहेका छन्  ।

लघुबीमा कम्पनीहरुमा पनि बीमा दाबी परेको छ । जसमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सबैभन्दा धेरै १ करोड १५ लाखको बीमा दाबी परेको छ भने स्टार माइक्रो इन्स्योरेन्समा ७२ लाख ३८ हजारको बीमा दाबी परेको छ ।

बीमा दाबी पर्ने क्रम जारी नै रहेकोले यो रकम बढ्ने निश्चित छ ।

हेर्नुस् कुन कम्पनीमा कति दाबी ?

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घोराही सिमेन्ट सहित नेप्सेमा दुई वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज  मंगलबार दुई वटा कम्पनीको...

मध्यपुर्वको द्वन्द्वले नेपालमा तत्कालै पेट्रोलियम पदार्थको अभाव हुँदैन: व्यवसायी घिमिरे

पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति...

शेयरबजारमा ३८.५२ अंकको वृद्धि, चुनावअघि कन्फिडेन्ट देखिए लगानीकर्ता

फागुन २१ गतेको लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन भन्दा अगाडिको...

यी हुन् ८३ सालमा हुने सार्वजनिक विदा: दशैँमा ८ दिन, तिहारमा ६ दिन (सूचीसहित)

सरकारले २०८३ सालमा प्रदान गरिने सार्वजनिक  विदाको सूची सार्वजनिक...

ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ विलासामा

नेपालको अग्रणी स्पा तथा वेलनेस सेन्टर ट्रान्क्यूलिटी स्पाले लुम्बिनी...

रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह 'कमल' को...
spot_img