Tuesday, September 8, 2026
spot_img

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २९औँ वार्षिकोत्सव सम्पन्न

spot_img

सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले आफ्नो २९औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले २९ वर्ष पूरा गरी ३०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानहरूमा सहयोगमूलक कार्यक्रमहरू सञ्चालन गरेको छ । काठमाडौंमा रक्तदान कार्यक्रम र निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरिएको छ ।

त्यस्तै, गण्डकी, लुम्बिनी र कोशी प्रदेश कार्यालयले मानव सेवा आश्रममा सहयोग हस्तान्तरण गरेका छन् भने मधेश प्रदेश कार्यालयले आमाको माया छात्रावासमा बालबालिकालाई भोजन प्रदान गर्ने कार्यक्रम सञ्चालन गरेको छ ।

२९औं वार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्ना ग्राहक, शेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभचिन्तकहरूलाई हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, नायव प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, नायब महाप्रवन्धक कविराज पौडेल, दाबी विभाग प्रमुख सुवास दिक्षित लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । ्

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आफ्नो सामाजिक जिम्मेवारीसँगै व्यवसायिक प्रतिबद्धता पनि पूरा गर्दै आइरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढीबाट निजी क्षेत्रमा भएको क्षतिबारे विश्व बैंकको चासो

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व...

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड संकलन

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको...

बाढी प्रभावितका लागि युनिलिभर नेपालद्वारा ५ करोड सहयोग

युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावितहरुको राहत, उद्दवार र पुनर्स्थापनाका...

‘क्यू०५ को आरामदायी यात्राको कारण हो नौ तहमा तयार गरिएको सिट’

कुनै गाडीले पाँच मिनेटको सोरुम अवलोकनमा राम्रो प्रभाव पार्न...

‘नेपाल टी कलेक्टिभ’को चिया अब भाटभटेनीमा

नेपाली चियालाई ब्राण्डिङ र विश्व बजारमा बजारीकरण गरिरहेको ‘नेपाल...