Sunday, June 14, 2026
spot_img

बढ्यो जीवन बीमा कम्पनीहरुको व्यापार

spot_img
spot_img

जीवन बीमा कम्पनीहरुले १० महिनाको व्यापार सवा खर्ब नघाएका छन् । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा कम्पनीहरुको व्यापार ७ अर्ब बढाएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीहरुले कुल १ खर्ब २१ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन गत आवको बैशाख मसान्तसम्मको तुलनामा भने ६.२२ प्रतिशत अर्थात् ७ अर्ब ११ करोड ५७ लाख रुपैयाँ बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले कुल १ खर्ब १४ अर्ब २४ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । समिक्षा अवधिमा राष्ट्रिय जीवन बीमा र सन नेपाल लाइफको व्यापार क्रमशः २३.९२ प्रतिशत र १.६६ प्रतिशत घटेको छ । यी बाहेकका अन्य कम्पनीहरुले बढाएका छन् ।
जीवन बीमा व्यवसायमा नेपाल लाइफको वर्चश्व कायमै रहेको छ । नेपाल लाइफले सर्वाधिक बीमा शुल्क ३२ अर्ब ३८ करोड १६ लाख रुपैयाँ संकलन गरेको छ ।

तर, व्यवसायमा नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) बीच कडा टक्कर देखिएको छ। यी दुवै कम्पनीहरुको बीमा शुल्क आर्जनमा प्रतिस्पर्धा देखिएको हो । समिक्षा अवधिमा नेशनल लाइफले १४ अर्ब ३३ करोड १४ लाख रुपैयाँ र एलआइसी नेपालले पनि १४ अर्ब २३ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । तर, व्यवासयी वृद्धिमा भने नेशनल लाइफ नै अघि देखिएको छ । व्यवसायको आधारमा भने चौंथो नम्बरमा हिमालयन लाइफ छ । हिमालयन लाइफको बीमा शुल्क आर्जन ९.८१ प्रतिशत बढेर १३ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ ।
यस्तै, १० महिनामा सूर्यज्योति लाइफले ७ अर्ब २७ करोड ४० लाख, एशियन लाइफले ६ अर्ब ३८ करोड ७० लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ७६ करोड ७१ लाख, सिटिजन लाइफले ४ अर्ब ७० करोड १४ लाख, सानिमा रिलायन्सले ४ अर्ब ६९ करोड ४२ लाख र मेट लाइफले ४ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यता, आइएमई लाइफले ३ अर्ब ६५ करोड ६ लाख, प्रभु महालक्ष्मीले ३ अर्ब ४१ करोड ५८ लाख, रिलायवल नेपालले ३ अर्ब ३४ करोड ७५ लाख र सन नेपाल लाइफले ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानकाे नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका...

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...
spot_img