Thursday, November 13, 2025
spot_img

बढ्यो जीवन बीमा कम्पनीहरुको व्यापार

spot_img

जीवन बीमा कम्पनीहरुले १० महिनाको व्यापार सवा खर्ब नघाएका छन् । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा कम्पनीहरुको व्यापार ७ अर्ब बढाएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीहरुले कुल १ खर्ब २१ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन गत आवको बैशाख मसान्तसम्मको तुलनामा भने ६.२२ प्रतिशत अर्थात् ७ अर्ब ११ करोड ५७ लाख रुपैयाँ बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले कुल १ खर्ब १४ अर्ब २४ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । समिक्षा अवधिमा राष्ट्रिय जीवन बीमा र सन नेपाल लाइफको व्यापार क्रमशः २३.९२ प्रतिशत र १.६६ प्रतिशत घटेको छ । यी बाहेकका अन्य कम्पनीहरुले बढाएका छन् ।
जीवन बीमा व्यवसायमा नेपाल लाइफको वर्चश्व कायमै रहेको छ । नेपाल लाइफले सर्वाधिक बीमा शुल्क ३२ अर्ब ३८ करोड १६ लाख रुपैयाँ संकलन गरेको छ ।

तर, व्यवसायमा नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) बीच कडा टक्कर देखिएको छ। यी दुवै कम्पनीहरुको बीमा शुल्क आर्जनमा प्रतिस्पर्धा देखिएको हो । समिक्षा अवधिमा नेशनल लाइफले १४ अर्ब ३३ करोड १४ लाख रुपैयाँ र एलआइसी नेपालले पनि १४ अर्ब २३ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । तर, व्यवासयी वृद्धिमा भने नेशनल लाइफ नै अघि देखिएको छ । व्यवसायको आधारमा भने चौंथो नम्बरमा हिमालयन लाइफ छ । हिमालयन लाइफको बीमा शुल्क आर्जन ९.८१ प्रतिशत बढेर १३ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ ।
यस्तै, १० महिनामा सूर्यज्योति लाइफले ७ अर्ब २७ करोड ४० लाख, एशियन लाइफले ६ अर्ब ३८ करोड ७० लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ७६ करोड ७१ लाख, सिटिजन लाइफले ४ अर्ब ७० करोड १४ लाख, सानिमा रिलायन्सले ४ अर्ब ६९ करोड ४२ लाख र मेट लाइफले ४ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यता, आइएमई लाइफले ३ अर्ब ६५ करोड ६ लाख, प्रभु महालक्ष्मीले ३ अर्ब ४१ करोड ५८ लाख, रिलायवल नेपालले ३ अर्ब ३४ करोड ७५ लाख र सन नेपाल लाइफले ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

फेरि उद्योगी तर्साउँदै कुलमान: ‘उद्योग होइनौ’ भन्दै गाडी एसेम्बल कम्पनीसँग मागे ‘ब्याक डेट’को पैसा

कार्तिक १८ गते एउटा ठूलो एसेम्बल प्लान्ट (एसेम्बल कम्पनी/उद्योग)मा...

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...
spot_img
spot_img
spot_img