Thursday, April 9, 2026
spot_img
spot_img

 नेशनल लाईफद्वारा अभिकर्ताहरुलाई तालिम प्रदान

spot_img
spot_img

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ । प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना “मन्थन २०८२” अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनौट भएका सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश अन्तर्गतका सबै शाखा कार्यालयहरु र लुम्बिनी प्रदेश अन्तर्गतका केही शाखा कार्यालयहरु गरी १६० जना अभिकर्ताहरुलाई तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार महेन्द्रनगर शुक्लाफाँटा स्थित होटल ओपेरामा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले बीमा क्षेत्र कै चर्चित उपाधि एमडिआरटिको लक्ष्य पूरा गर्ने उपायका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका थिए ।

कम्पनीका सहायक महाप्रवन्धक विवेक शर्माबाट उद्घाटन गरिएको कार्यक्रममा सुदुर पश्चिम प्रदेश प्रमुख नविन किशोर भट्टले सहभागिहरुलाई स्वागत गरेका थिए। एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताहरुलाई आफ्नो पेशामा उत्कृष्टता हासिल गर्नका लागि कम्पनीले विभिन्न योजनाहरु मार्फत प्रशिक्षण प्रदान गर्दै आइरहेको परिप्रेक्षमा मासिक योजना मन्थन २०८२ जारी गरिएको बताए ।

यसैगरी, कार्यक्रममा विभिन्न शाखामा रहि उत्कृष्ट कार्य गरी शाखा स्तरिय प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाई सहायक महाप्रवन्धक  विवेक शर्माले मायाको चिनो प्रदान गरेका थिए।

सहाभागी अभिकर्ताहरुले आप्mनै क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम लिने अवसर जुराई दिएकोमा कम्पनी प्रति हार्दिक आभार व्यक्त गरेका थिए भने सम्मानित हुने अभिकर्ताहरुले सम्मान प्राप्त गर्दा आफुले गरेको मेहेनत कदर भएको बताएका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

युद्दविरामको पालना नभएपछि इरानले होर्मुजमा फेरि रोक्यो जहाज, थप आक्रमणको चेतावनी

इरानले स्ट्रेट अफ हर्मुजमा तेल ट्याङ्कर तथा जहाजहरूको आवतजावत...

नेताले स्वीस बैंकमा पैसा राखेको भए अनुसन्धानमा सघाउन राजदुत समक्ष गृहमन्त्रीको आग्रह

गृहमन्त्री सुधन गुरुङसँग नेपालका लागि स्वीस राजदूत डेनिएल मैवलीले...

पक्राउ पुर्जी जारी भएपछि देउवाले भने ‘ भ्रामक र झुटा प्रचारबाजी गरियो’

आफु विरुद्द पक्राउ पुर्जी जारी भएपछि नेपाली कांग्रेसका निवर्तमान...

नाडा र राजश्व सचिव बरालबीच भेटवार्ता, गाडीलाई विलासिताको वस्तुमा नराख्न आग्रह

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले अर्थ मन्त्रालयका राजश्व सचिव...

इप्पानले भेट्यो उर्जामन्त्री, नियामकहरुले सहजीकरण भन्दा पनि दुख दिएर रमाएको गुनासो

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बिराजभक्त श्रेष्ठले ऊर्जा उत्पादकहरुको...

धितोपत्र बोर्डले ब्रोकर ५५ भृकुटीलाई पठायो निलम्बन पत्र, लगानीकर्तालाई ५ अर्ब बढी तिर्न बाँकी

नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर ५५ भृकुटी स्टक ब्रोकिङ्ग...
spot_img