Sunday, April 19, 2026
spot_img
spot_img

इन्डोनेशियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका सीईओबीच भेटवार्ता, सहकार्य गर्ने प्रतिवद्धता

spot_img
spot_img

इन्डोनेशियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी माडे आयु मार्थिनी र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीबीच दुई देशको पर्यटन प्रर्वद्धन तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ ।

नेपाल पर्यटन बोर्डमा शुक्रबार भएको भेटघाटमा उपमन्त्री नी माडे आयु मार्थिनीले नेपालको कला संस्कृति र सुन्दरताले आफु मोहित भएको बताउँदै नेपालको पर्यटन प्रर्वद्धनका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

“नेपाल साच्चिकै सुन्दर देश रहेछ, यहाँको आतिथ्यता र यहाँका मानिहरुको व्यवहारले म साच्चिकै मोहितत भएकी छु’ उनले भनिन्, ‘नेपालमा पर्यटनको पर्याप्त सम्भावना देखेकी छु । नेपालको पर्यटन प्रर्वद्धनका लागि म आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिद्धता व्यक्त गर्दछु ।”

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपाल इन्डोनेशियाबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै आपसी सहकार्यका लागि पर्यटन बोर्ड र नेपाल सरकार सधैं तयार रहेको बताए ।

“नेपाल र इन्डोनेशियाबीच पर्यटन प्रर्वद्धनको लागि विगतमा पनि सहकार्य थियो, हामी त्यो सहकार्यको निरन्तता चाहन्छौं । जसबाट नेपालको पर्यटन प्रर्वद्धन हुन सकोस्’’ उनले भने । ।।

उनले दुइ देशबीच सिँधा र नियमित हवाई उडान गर्न सके दुवै देशले पर्यटनबाट फाइदा लिन सक्ने पनि बताए ।

सो अवसरमा नेपाल र बंगलादेशका लागि इन्डोनेशियाका राजदूत हेरु हर्तान्नो सुबोलोले इन्डोनेसियाको पर्यटन बोर्ड तथा नेपाल पर्यटन बोर्डबीच सहकार्यका गर्नुपर्नेमा जोड दिँदै दूवै देशलाई फाइदा पुग्ने गरि प्रर्वद्धनात्मक कार्यक्रम गर्न सकिने धारणा राखे ।

सो अवसरमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निमित्त बजार निर्देशक लक्ष्मण गौतम तथा पर्यटन बोर्डका अधिकारी तथा इन्डोनेशिया राजदूतावासका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यकः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई...

‘११ महिना’बाट पाठ सिक्दै एक महिनाभित्रै नियुक्त गरियोस् धितोपत्र बोर्ड अध्यक्ष

नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वैशाख ४...

भारतमा फिफा विश्वकपका खेल प्रसारण नहुने, नेपालमा के हुन्छ ?

फिफा विश्वकप २०२६ को प्रसारण अधिकार भारतमा अझै बिक्री...

तामाकोशीमा जेटबोट र र्‍याफ्टिङ

रामेछापको मन्थलीस्थित तामाकोशी नदीमा जेटबोट र र्‍याफ्टिङ सेवा सञ्चालनमा...

२० करोड माथिको कारोबार गर्ने व्यवसायीले अनिवार्य विद्युतीय बिल जारी गर्नुपर्ने

आन्तरिक राजश्व विभागले वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...
spot_img