Friday, March 21, 2025
spot_img
spot_img

इन्डोनेशियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका सीईओबीच भेटवार्ता, सहकार्य गर्ने प्रतिवद्धता

इन्डोनेशियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी माडे आयु मार्थिनी र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीबीच दुई देशको पर्यटन प्रर्वद्धन तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ ।

नेपाल पर्यटन बोर्डमा शुक्रबार भएको भेटघाटमा उपमन्त्री नी माडे आयु मार्थिनीले नेपालको कला संस्कृति र सुन्दरताले आफु मोहित भएको बताउँदै नेपालको पर्यटन प्रर्वद्धनका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

“नेपाल साच्चिकै सुन्दर देश रहेछ, यहाँको आतिथ्यता र यहाँका मानिहरुको व्यवहारले म साच्चिकै मोहितत भएकी छु’ उनले भनिन्, ‘नेपालमा पर्यटनको पर्याप्त सम्भावना देखेकी छु । नेपालको पर्यटन प्रर्वद्धनका लागि म आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिद्धता व्यक्त गर्दछु ।”

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपाल इन्डोनेशियाबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै आपसी सहकार्यका लागि पर्यटन बोर्ड र नेपाल सरकार सधैं तयार रहेको बताए ।

“नेपाल र इन्डोनेशियाबीच पर्यटन प्रर्वद्धनको लागि विगतमा पनि सहकार्य थियो, हामी त्यो सहकार्यको निरन्तता चाहन्छौं । जसबाट नेपालको पर्यटन प्रर्वद्धन हुन सकोस्’’ उनले भने । ।।

उनले दुइ देशबीच सिँधा र नियमित हवाई उडान गर्न सके दुवै देशले पर्यटनबाट फाइदा लिन सक्ने पनि बताए ।

सो अवसरमा नेपाल र बंगलादेशका लागि इन्डोनेशियाका राजदूत हेरु हर्तान्नो सुबोलोले इन्डोनेसियाको पर्यटन बोर्ड तथा नेपाल पर्यटन बोर्डबीच सहकार्यका गर्नुपर्नेमा जोड दिँदै दूवै देशलाई फाइदा पुग्ने गरि प्रर्वद्धनात्मक कार्यक्रम गर्न सकिने धारणा राखे ।

सो अवसरमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निमित्त बजार निर्देशक लक्ष्मण गौतम तथा पर्यटन बोर्डका अधिकारी तथा इन्डोनेशिया राजदूतावासका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

spot_img

- Advertisement -

spot_img
spot_img

जापान बन्यो आगामी विश्वकपको लागि छनौट हुने पहिलो देश

फिफा विश्वकप २०२६ का लागि छनोट हुने पहिलो देशको...

सवा २० अर्बमा ९० मेगावाटको अर्धजलाशययुक्त आयोजना बनाउँदै एमए पावर, EIA तयार

एम.ए. पावर प्रा. लि.ले निर्माण गर्न लागेको ९० मेगावाट...

महिला लघुवित्तको साधारणसभा सम्पन्न

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा आज...

८ महिनामा १ अर्ब ३३ करोडको सिमेन्ट निर्यात

चालु आर्थिक वर्षको ८ महिनामा १ अर्ब बढीको सिमेन्ट...

परिसंघले भन्यो ‘१२ घण्टा लोडसेडिङ्गले उद्योगलाई मर्माहत बनायो, नियमित विद्युत देउ’

नेपाल उद्योग परिसंघले उद्योगहरुमा तत्काल विद्युत् नियमित गर्न आग्रह गरेको...

५७ प्रतिशतले बढ्यो नेपालको निर्यात, ८ महिनामा ९८७ अर्ब व्यापार घाटा

चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्ममा नेपालले ११...
spot_img