४ महिनामै रमडा इटहरीले कमायो ४ करोड १०

spot_img

सुनसरीको इटहरीमा पाँचतारे होटल सञ्चालन गरिरहेको ग्रान्ड सेन्ट्रल होटल लिमिटेडले ४ महिनामै ४ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । गत चैत महिनाबाट पूर्ण सञ्चालनमा आएको रमडा इटहरीले ४ महिना (चैतदेखि असारसम्म) मा ४ करोड १० लाख रुपैयाँ आम्दानी गरेको हो ।

कम्पनीले सुनसरीको इटहरीमा ८१ कोठा क्षमताको ‘रमाडा बाई विन्डह्याम इटहरी’ नाम दिएर पाँचतारे होटल सञ्चालन गरिरहेको छ । यो होटल पूर्वी नेपालकै पहिलो अन्तर्राष्ट्रिय चेन होटल हो ।

कम्पनीमा देशबन्धु बस्नेत मुख्य लगानीकर्ता छन् । उनका अनुसार रमडा बाई विन्डह्याम इटहरी नेपाल–भारत सीमाबाट जम्मा ३० किलोमिटर दूरीमा अवस्थित छ । यस होटलले नियमित घुम्न निस्कने भारतीय पर्यटकसहित बिबाह गर्न नेपाल आउने भारतीयहरुलाई आकर्षित गरिरहेको छ ।

आन्तरिक रुपमा पनि इटहरी क्रमशः ट्रान्जिट बन्दै गरेको शहर भएकाले व्यवसायिक गतिविधि बढिरहेको छ । यसको लाभ होटलले लिइरहेको देखिन्छ ।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ३७ करोड रुपैयाँ ऋण लिएको छ । अहिले अकुपेन्सी क्रमशः बढिरहेको कम्पनीले जनाएको छ । नेपाली, भारतीय, बंगलादेशीसहित अन्य विभिन्न देशका पर्यटकहरु होटलमा आउने र बस्ने क्रम तीव्र भइरहेको ‘रमडा बाइ विन्डम इटहरी’का महाप्रबन्धक अभिमन्यु कायस्थ बताउँछन् ।

‘रमडा बाइ विन्डम इटहरी’मा ८१ वटा कोठा छन् । जसमा डिलक्स सिंगल रुम ५७, डिलक्स डबल रुम १४, एक्जिक्युटिभ रुम २, जुनियर स्वीट रुम ६ र स्वीट रुम २ वटा छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आजबाट खुल्यो अग्रिम टिकट बुकिङ

दशैंका लागि आज असोज २३ गतेबाट अग्रिम टिकट बुकिङ...

प्लेनको भाडाः स्वीकृत दरभन्दा सस्तोमा टिकट बेच्ने सहमति

नजिकिँदो चाडपर्वका बेला हवाई भाडा दर बढाएको भन्ने गुनासो...

बाढीको ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु

असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको...

मोबाइल फोन इम्पोर्टर्स एशोसियशनको अध्यक्षमा दिपक मल्होत्रा

मोबाइल फोन इम्पोर्टर्स एशोसियशनको अध्यक्षमा दिपक मल्होत्रा दोहोरिएका छन्...

विदेश जानका लागि ग्लोबल आइएमईका शाखाबाट डलर साट्न सकिने

विदेश यात्रामा जानेहरूका लागि Global IME Bank ले US...