Thursday, May 22, 2025
spot_img

३ क्यासिनोको इजाजत रद्द, २ वटाको नवीकरण बाँकी

पर्यटन विभागले ३ वटा क्यासिनोको इजाजत रद्द गरेको छ । विभागले होटल अन्नपूर्णमा क्यासिनो सञ्चालन गर्दै आएको एटलान्टिक रिक्रियशन प्रा.लि., भैरहवाको टाइगर प्यालेस र लजिम्पाटको होटल साङ्ग्रिलामा क्यासिनो चलाइरहेको सिल्भर हेरिटेज म्यानेजमेन्ट सर्भिसेज ‘केटिएम’ प्रा.लि.को क्यासिनो सञ्चालन गर्ने इजाजत रद्द गरिएको हो ।

पर्यटन विभागका सूचना अधिकारी कालिबहादुर भुजेलका अनुसार सिल्भर हेरिटेज म्यानेजमेन्ट सर्भिसेज ‘केटिएम’ले भैरहवाको टाइगर प्यालेस र लजिम्पाटको होटल साङ्ग्रिलामा क्यासिनो नचलाउने निर्णय गरेर विभागमा क्यासिनो इजाजत रद्दका लागि निवेदन दिएपछि विभागले रद्द गर्ने निर्णय गरेको हो । यस कम्पनीले विभागलाई विगत ४ वर्षदेखि दस्तुर तथा क्यासिनो चलाएबापतको कर तिर्न सकिरहेको थिएन । अहिले भने सबै बक्यौता चूक्ता गराएर इजाजत रद्द गरिदिएको विभागका सूचना अधिकारी भुजेलको भनाइ छ ।

‘बक्यौता बाँकी थियो, उ आफैँ (सिल्भर हेरिटेज म्यानेजमेन्ट सर्भिसेज ‘केटिएम’ प्रा.लि.)ले दूबै होटलमा क्यासिनो नलाउने निर्णय गरेर इजाजत रद्द गरिदिन विभागमा अनुरोध पठायो, विभागले बक्यौता उठाएर इजाजत रद्द गरिदिएको हो’ उनले भने ।

सूचना अधिकारी भुजेलका अनुसार भैरहवाको टाइगर प्यालेसमा अर्को क्यासिनो आइसकेको छ । उक्त होटलमा अहिले रोयल टाइगर रिक्रियशनले क्यासिनो व्यवस्थापन सम्हालेको छ । उसले विभागलाई ५४ करोड रुपैयाँ बुझाएर क्यासिनो व्यवस्थापन सुरु गरेको हो । गत वर्ष हिमालयन टाइगर इन्भेष्टमेन्टले भैरहवाको टाइगर प्यालेस होटल किनेपछि क्यासिनो व्यवस्थापनमा पनि नयाँ कम्पनी प्रवेश गरेको हो ।

होटल साङ्ग्रिला भने अहिले बन्द अवस्थामा छ । नयाँ तरिकाबाट सञ्चालन गर्ने भन्दै अहिले उक्त होटल पुनःनिर्माण भइरहेको छ ।

होटल अन्नपूर्ण पनि अहिले बन्द छ । होटल बन्द भएको लामो समय भएपनि क्यासिनो भने चलिरहेको थियो । तर, होटल बन्द हुँदा क्यासिनो पनि चल्न नसकेपछि एटलान्टिक रिक्रियशन प्रा.लि.ले क्यासिनो इजाजत रद्द गर्न चाहे अनुसार विभागले रद्द गरिदिएको हो ।

यसैबीच, चालु आर्थिक वर्ष २०८१/०८२ का लागि २ वटा क्यासिनोको इजाजत नवीकरण हुन बाँकी छ । विराटनगरस्थित रत्न होटलमा क्यासिनो चलाइरहेको रत्न सर्भिसेज प्रा.लि. र सिमरास्थित होटल इच्छामा क्यासिनो चलाइरहेको स्माइल कलेक्शन प्रा.लि.ले विभागबाट नवीकरण गराउन बाँकी छ । स्माइल कलेक्शनले भने बक्यौता तिरेर नवीकरणको प्रक्रिया अघि बढाएको विभागले जनाएको छ ।

हरेक आर्थिक वर्षमा क्यासिनो नवीकरण हुनुपर्ने प्रावधान छ । नेपालमा २२ वटा क्यासिनो सञ्चालनमा रहेकोमा ३ वटाको इजाजत रद्द भएपछि अब १९ वटा सञ्चालनमा छन् ।

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक...

एभरेष्ट कलरको जारी पूँजी बढ्यो, ७ लाख ९० हजार कित्ता आईपीओ जारी हुने

एभरेष्ट कलर लिमिटेडको विशेष वार्षिक साधारणसभा सम्पन्न भएको छ...
spot_img