Wednesday, August 26, 2026
spot_img
spot_img

३ क्यासिनोको इजाजत रद्द, २ वटाको नवीकरण बाँकी

spot_img

पर्यटन विभागले ३ वटा क्यासिनोको इजाजत रद्द गरेको छ । विभागले होटल अन्नपूर्णमा क्यासिनो सञ्चालन गर्दै आएको एटलान्टिक रिक्रियशन प्रा.लि., भैरहवाको टाइगर प्यालेस र लजिम्पाटको होटल साङ्ग्रिलामा क्यासिनो चलाइरहेको सिल्भर हेरिटेज म्यानेजमेन्ट सर्भिसेज ‘केटिएम’ प्रा.लि.को क्यासिनो सञ्चालन गर्ने इजाजत रद्द गरिएको हो ।

पर्यटन विभागका सूचना अधिकारी कालिबहादुर भुजेलका अनुसार सिल्भर हेरिटेज म्यानेजमेन्ट सर्भिसेज ‘केटिएम’ले भैरहवाको टाइगर प्यालेस र लजिम्पाटको होटल साङ्ग्रिलामा क्यासिनो नचलाउने निर्णय गरेर विभागमा क्यासिनो इजाजत रद्दका लागि निवेदन दिएपछि विभागले रद्द गर्ने निर्णय गरेको हो । यस कम्पनीले विभागलाई विगत ४ वर्षदेखि दस्तुर तथा क्यासिनो चलाएबापतको कर तिर्न सकिरहेको थिएन । अहिले भने सबै बक्यौता चूक्ता गराएर इजाजत रद्द गरिदिएको विभागका सूचना अधिकारी भुजेलको भनाइ छ ।

‘बक्यौता बाँकी थियो, उ आफैँ (सिल्भर हेरिटेज म्यानेजमेन्ट सर्भिसेज ‘केटिएम’ प्रा.लि.)ले दूबै होटलमा क्यासिनो नलाउने निर्णय गरेर इजाजत रद्द गरिदिन विभागमा अनुरोध पठायो, विभागले बक्यौता उठाएर इजाजत रद्द गरिदिएको हो’ उनले भने ।

सूचना अधिकारी भुजेलका अनुसार भैरहवाको टाइगर प्यालेसमा अर्को क्यासिनो आइसकेको छ । उक्त होटलमा अहिले रोयल टाइगर रिक्रियशनले क्यासिनो व्यवस्थापन सम्हालेको छ । उसले विभागलाई ५४ करोड रुपैयाँ बुझाएर क्यासिनो व्यवस्थापन सुरु गरेको हो । गत वर्ष हिमालयन टाइगर इन्भेष्टमेन्टले भैरहवाको टाइगर प्यालेस होटल किनेपछि क्यासिनो व्यवस्थापनमा पनि नयाँ कम्पनी प्रवेश गरेको हो ।

होटल साङ्ग्रिला भने अहिले बन्द अवस्थामा छ । नयाँ तरिकाबाट सञ्चालन गर्ने भन्दै अहिले उक्त होटल पुनःनिर्माण भइरहेको छ ।

होटल अन्नपूर्ण पनि अहिले बन्द छ । होटल बन्द भएको लामो समय भएपनि क्यासिनो भने चलिरहेको थियो । तर, होटल बन्द हुँदा क्यासिनो पनि चल्न नसकेपछि एटलान्टिक रिक्रियशन प्रा.लि.ले क्यासिनो इजाजत रद्द गर्न चाहे अनुसार विभागले रद्द गरिदिएको हो ।

यसैबीच, चालु आर्थिक वर्ष २०८१/०८२ का लागि २ वटा क्यासिनोको इजाजत नवीकरण हुन बाँकी छ । विराटनगरस्थित रत्न होटलमा क्यासिनो चलाइरहेको रत्न सर्भिसेज प्रा.लि. र सिमरास्थित होटल इच्छामा क्यासिनो चलाइरहेको स्माइल कलेक्शन प्रा.लि.ले विभागबाट नवीकरण गराउन बाँकी छ । स्माइल कलेक्शनले भने बक्यौता तिरेर नवीकरणको प्रक्रिया अघि बढाएको विभागले जनाएको छ ।

हरेक आर्थिक वर्षमा क्यासिनो नवीकरण हुनुपर्ने प्रावधान छ । नेपालमा २२ वटा क्यासिनो सञ्चालनमा रहेकोमा ३ वटाको इजाजत रद्द भएपछि अब १९ वटा सञ्चालनमा छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...