Friday, April 10, 2026
spot_img
spot_img

पौवा होटलको यात्राः मुलकोट र हलेसीमा सुविधासम्पन्न रिसोर्ट सञ्चालन

spot_img
spot_img

होटल पौवा प्रा.ली.ले खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मुलकोटमा पौवा होटल सुरु गरेको छ । नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटीसहित पहिलो सेवा प्रारम्भ गरेको पौवाले हलेसी र मुलकोटमा सेवा विस्तार गरेको हो ।

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मन्त्रका साथ देशब्यापी रुपमा विस्तार हुँदै गरेको पौवा ग्रुपले आफ्नो १४औँ शाखा सिन्धुलीको मुलकोटस्थित सुनकोशी नदी किनारमा ४५ रोपनी क्षेत्रफलमा ५० करोडको लगानीमा पौवाबीच रिसोर्ट सञ्चालनमा ल्याएको हो ।

पौवाले खोटाङको हलेसीमा पनि ४५ रोपनी क्षेत्रफलमा ४० करोड भन्दा बढीको लगानीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याएको हो ।

‘मिसन १००’ को योजनासहित अगाडि बढेको होटल पौवा नेपालको पश्चिम क्षेत्रबाट पूर्वतर्फ अगाडि बढेको हो ।

होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले काठमाडौँदेखि ९० किलोमिटरको दूरीमा रहेको सिन्धुलीको मुलकोट पर्यटकका लागि उत्तम गन्तव्य भएको रकाठमाडौँको भिडभाडबाट सुनकोशी नदी किनारामा शान्त वातावरण रहेकोले आन्तरिक र बाह्य पर्यटकको लागि लक्षित गरेर पौवा रिसोर्ट खोलिएको बताए ।

यस्तै उनले खोटाङको हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दुहरुको संगमस्थल भएकोले आन्तरिक र बाह्य धर्मालम्बीहरुलाई लक्षित गरेर रिसोर्ट सञ्चालनमा ल्याईएको बताए।

यस्तै पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले पौवाको विस्तार व्यवसाय मात्र नभई संकृतिलाई समेत विस्तार गर्ने उद्देश्यका साथ थालिएको बताए ।

पूर्वी नेपाल प्रवेश, ‘मिसन १००’ को यात्रा

विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट होटल पौवाको पहिलो यात्रा सुरु भएको हो । पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, सुदूरपश्चिमको धनगढी, पर्यटकीय राजधानी पोखरा, काठमाडौको गौशाला हुँदै पुर्वी नेपालमा प्रवेश गरेको हो ।

अब पौवाको १४औँ शाखा सिन्धुलीको मुलकोट र १५औँ शाखा खोटाङको हलेसीमा बिस्तार भएको हो। पौवाको ड्रिम प्रोजेक्टको रुपमा कैलाश मानसरोवर यात्राको मुख्य प्रवेशद्वार नेपालगन्जमा पाँच तारे होटल ‘पौवा वेस्ट्रन’को निर्माण भइरहेको छ।

पौवाका व्यवस्थापक धुव्र न्यौपानेका अनुसार पौवाले अहिलेसम्म ३ वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ, जसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा ब्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिने गरि संस्थाले सेवा प्रवाह गरिरहेको छ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पक्राउ पर्न थाले महिला यात्रुमाथि अपशब्द बोल्दै ‘भ्लग’ बनाउने राइडर

‘भ्लग’का नाममा महिला यात्रुहरुमाथि अपशब्द बोल्दै भिडियो बनाएर सामाजिक...

चुनाव रोकिएपछि महासंघमा तारन्तार छलफल, घण्टैपिच्छे बैठक

उच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न आदेश...

दुई मन्त्री थपिए

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।...

पाईलटलाई जागिर पाउनै मुस्किल, लाईसेन्स पाएका मध्ये आधा बेरोजगार

एउटा निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनीले पाईलट माग...

वित्तीय क्षेत्रले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्ने सरकारको प्रतिबद्ध छ: अर्थमन्त्री वाग्ले

नेपाल बैंकर्स संघको कार्यकारी समिति सदस्यहरूले नवनियुक्त अर्थमन्त्री डा....

इरान युद्द अन्त्य गर्न पाकिस्तानमा वार्ता हुँदै, ट्रम्पले आफ्ना ज्वाइँ र उपराष्ट्रपतिलाई पठाए

पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीचको युद्धविरामपछि शनिवार इस्लामावादमा उच्चस्तरीय...
spot_img