Tuesday, September 8, 2026
spot_img

पर्यटक उद्धारका नाममा ‘फेक रेस्क्यु’: सीआईबीद्वारा ६ जना पक्राउ

spot_img

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पर्यटक उद्धारका नाममा ‘फेक रेस्क्यु’ गर्ने विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेको छ। सीआईबीले आज पत्रकार सम्मेलन गरेर फेक रेस्क्युको अनुसन्धानबारे प्रगति विवरण सार्वजनिक गरेको हो।

प्रकाउ पर्नेमा माउन्टेन रेस्क्युका अध्यक्ष जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अध्यक्ष रविन्द्र अधिकारी र अप्रेशन म्यानेजर विवेक राज थपलिया, एभरेष्ट एक्सपिरियन्सका प्रबन्ध निर्देशक मुक्ति पाण्डे र संचालक सुभाष केसी रहेका छन् ।

सीआईबीका अनुसार पक्राउ परेका व्यक्तिहरुले हिमाली भेगमा जाने पर्यटकलाई आवश्यक नै नपरेको अवस्थामा डर र त्रास देखाई रेस्क्यु गर्नु पर्छ भनेर रेस्क्यु गर्ने गरेको, चार्टर्ड उडान गरेर ल्याएकोलाई पनि रेस्क्यु उडान भन्ने गरेको, आवश्यक नै नभई विभिन्न अस्पतालमा उपचार गराउने गरेको, एकै उडानमा ल्याएकालाई छुट्टाछुट्टै उडानमा ल्याएको भनेर विवरण पेश गरेर बीमा दाबी भुक्तानीको लागि पेश गर्ने गरेको पाईएको छ ।

सात वर्षअघि पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव घनश्याम उपाध्याय नेतृत्वको छानबिन समितिले पर्यटकको उद्धारका नाममा ठगी भएको निष्कर्ष निकाल्दै त्यसमा संलग्न ट्राभल एजेन्सी, हेलिकोप्टर कम्पनी, अस्पताललगायतलाई कारबाही सिफारिस गरेको थियो। सोहि अनुसार सीआईबीले अहिले अनुसन्धान थालेको हो।

यस बारेको अनुसन्धान जारी नै रहेको सीआईबीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ग्यासमा खुलेआम ‘कालोबजारी’, एउटै सिलिण्डर साटेको ३ हजारसम्म

काभ्रेको बनेपामा एक उपभोक्ता ग्यास सकिएपछि भौतारिँदै हिडिरहेका थिए...

नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग

रसुवा बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग...

सोलार र वायु उर्जामा ब्याट्री स्टोरेज प्रणाली अनिवार्य गर्दै भारत

भारतको केन्द्रीय विद्युत् प्राधिकरण (CEA) ले नयाँ ग्राउन्ड-माउन्टेड सोलार...

बढ्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...