Tuesday, September 8, 2026
spot_img

‘मक्र्योर काठमाडौँ’को सफलता लगत्तै देशबन्धुले पूर्वी नेपालमा ल्याए पहिलो अन्तर्राष्ट्रिय चेन ‘रमडा’

spot_img

नेपालकै प्रमुख व्यापारिक केन्द्रका रुपमा विकसित भइरहको पूर्वी नेपालको महत्वपूर्ण शहर इटहरीमा अन्तर्राष्ट्रिय स्तरको होटल ‘रमडा बाइ विन्डम इटहरी’ सञ्चालनमा आउने भएको छ । काठमाडौँमा गत वर्ष मात्रै पाँचतारे ‘मक्र्योर काठमाडौँ’ सञ्चालनमा ल्याएका देशबन्धु बस्नेत (अजित)ले अमेरिकी चेन होटल ब्राण्ड विन्डम होटल्स एण्ड रिसोर्टस् अन्तर्गतको लोकप्रिय मिड–स्केल ब्रान्ड ‘रमडा बाइ विन्डम’लाई पहिलोपटक पूर्वी नेपालमा ल्याएका हुन् ।

अबको एक महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा आउन लागेको ‘रमडा बाइ विन्डम इटहरी’मा ८१ वटा कोठा रहने छन् । जसमा डिलक्स सिंगल रुम ५७, डिलक्स डबल रुम १४, एक्जिक्युटिभ रुम २, जुनियर स्वीट रुम ६ र स्वीट रुम २ वटा रहने छन् ।

आधुनिक सुविधाले भरिपूर्ण पूर्वी नेपालकै पहिलो होटल

होटल आधुनिक सुविधायुक्त हुनेछ । पूर्वी नेपालमै यस स्तरको सेवा प्रदान गर्ने रमडा पहिलो होटल हुनेछ । यस होटलमा टेरेस बार, ल डे डाइनिङ रेस्टुरेन्ट, कफी शप, दुई वटा आधुनिक र सुविधायुक्त ब्यांक्वेट हल, मिटिङ रुम, आउटडोर लाउन, पूल बार, स्वीमिङ पूल, जिम, स्टीम र साउनासमेत उपलब्ध हुनेछ ।

व्यावसायिक बैठकदेखि विवाह तथा सामाजिक कार्यका लागि होटल उपयुक्त हुने सञ्चालक देशबन्धु बस्नेतको विश्वास छ । होटलले ८० जनाभन्दा बढी स्थानीयलाई प्रत्यक्ष रोजगारी समेत प्रदान गर्दैछ । यसले आतिथ्य सत्कारको विस्तार र विकाससँगै रोजगारीमा समेत उलेख्य योगदान दिने छ ।

पूर्वी नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने लक्ष्य

हाल नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यतायात समितिका सभापतिसमेत रहेका बस्नेतले नेपालको पर्यटकीय सम्भावनालाई थप विस्तार र अन्तर्राष्ट्रिय स्तरमा अझ बढी प्रभावकारी रुपमा प्रवद्र्धन गर्ने लक्ष्यका साथ पूर्वी नेपालमै पहिलोपटक अमेरिकी चेन होटल ब्राण्ड भित्र्याइएको बताएका छन् ।

सुनसरीकै सबैभन्दा ठूलो शहर इटहरी पूर्वी नेपालको व्यापारिक हबका रुपमा विस्तार भइरहेको छ । कोशी प्रदेशको राजधानी विराटनगरबाट छोटो दूरी र छिमेकी देश भारतसँगको नजिकको भौगोलिक सम्बन्धका कारण इटहरी व्यापारिक र सामाजिक गतिविधिका लागि महत्वपूर्ण गन्तव्य बनिरहेको छ । भारतका बिहार र पश्चिम बंगाल राज्यसँगको भौगोलिक निकताले होटललाई भारतीय र नेपाली अतिथिहरूको विवाह समारोह, सामूहिक घुमफिर तथा सम्मेलनका लागि आकर्षक गन्तव्य बनाउने बताइएको छ ।

उक्त होटल भारतसहित भूटान, बंगलादेश लगायतका देशबाट नेपाल आउने पर्यटक र व्यवसायीहरूको प्रमुख गन्तव्य बन्ने देखिन्छ । बस्नेतका अनुसार यस होटलले पूर्वी नेपाललाई विश्व बजारसँग जोड्नका लागि महत्वपूर्ण भूमीका निर्वाह गर्नेछ । पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेको पूर्वी नेपाललाई अन्तर्राष्ट्रिय चेन होटल ब्राण्डको आगमनले थप गतिशील बनाउने अपेक्षा लिइएको उनको भनाइ छ ।

‘रमडा पूर्वी नेपालमा आउँदा आन्तरिकसहित बाह्य पर्यटकसमेत बढ्नेछन् । जोगबनी र किमान्थाङ नाकाको ट्रान्जिट प्वाइन्टका रुपमा इटहरीलाई विकास गर्नका लागि हामीले यो होटल प्रोजेक्ट अघि बढाएका हौँ’ बस्नेत भन्छन्, ‘यसबाट भेडेटार, श्रीअन्तु, कोशी टप्पु र इलाममा पर्यटकको आगमन बढ्ने विश्वास लिएका छौँ ।’

उनका अनुसार यसबाट पूर्वका महत्वपूर्ण धार्मिक स्थलको समेत प्रचारप्रसारमा टेवा पुग्नेछ । सुनसरी जिल्लाको प्रशिद्ध धार्मिक स्थल रामधूनी, बराहक्षेत्र, पिण्डेश्वरी, चतराधाम जस्ता धार्मिक स्थलको समेत अन्तर्राष्ट्रिय प्रचारप्रसारमा पनि ‘रमडा बाइ विन्डम इटहरी’ले योगदान दिने उनको विश्वास छ ।

बस्नेत, करिब एक दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनकै नेतृत्वमा फाइभ स्टार होटल ब्रान्ड ‘मक्र्योर बाइ एकोर’ काठमाडौँको सुकेधारामा २०२५ जनवरी १५ देखि सञ्चालनमा आएको छ । मक्र्योर सञ्चालनमा आएको एक वर्षभित्रै बस्नेतले पूर्वी नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड भित्र्याएका हुन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ग्यासमा खुलेआम ‘कालोबजारी’, एउटै सिलिण्डर साटेको ३ हजारसम्म

काभ्रेको बनेपामा एक उपभोक्ता ग्यास सकिएपछि भौतारिँदै हिडिरहेका थिए...

नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग

रसुवा बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग...

सोलार र वायु उर्जामा ब्याट्री स्टोरेज प्रणाली अनिवार्य गर्दै भारत

भारतको केन्द्रीय विद्युत् प्राधिकरण (CEA) ले नयाँ ग्राउन्ड-माउन्टेड सोलार...

बढ्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...