सन् २०२५ को अक्टुबरमा १ लाख २८ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार अक्टुबर महिनामा १ लाख २८ हजार ४४३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
यस अवधिमा भारतबाट १७ हजार २९८ जना पर्यटक नेपाल भित्रिएका छन् । अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट ८ हजार ७१८ र चीनबाट ६ हजार ७५५ जना पर्यटक नेपाल आएका छन् ।
यस्तै, जर्मनीबाट ६ हजार ३६६, अष्ट्रेलियाबाट ६ हजार १७७, श्रीलंकाबाट ५ हजार ५३५, फ्रान्सबाट ५ हजार ४५, बंगलादेशबाट ४ हजार ६४१ र म्यानमारबाट ३ हजार ३८ जना पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।
सन् २०२४ को अक्टुबरमा १ लाख २४ हजार ३९१ जना पर्यटक नेपाल आएका थिए ।
कोभिड अगाडी सन् २०१९ को अक्टुबरमा भने १ लाख ३४ हजार ६९ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।











