Tuesday, September 8, 2026
spot_img

अक्टुबरमा १ लाख २८ हजार विदेशी पर्यटक नेपाल भित्रिए

spot_img

सन् २०२५ को अक्टुबरमा १ लाख २८ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार अक्टुबर महिनामा १ लाख २८ हजार ४४३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

यस अवधिमा भारतबाट १७ हजार २९८ जना पर्यटक नेपाल भित्रिएका छन् । अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट ८ हजार ७१८ र चीनबाट ६ हजार ७५५ जना पर्यटक नेपाल आएका छन् ।

यस्तै, जर्मनीबाट ६ हजार ३६६, अष्ट्रेलियाबाट ६ हजार १७७, श्रीलंकाबाट ५ हजार ५३५, फ्रान्सबाट ५ हजार ४५, बंगलादेशबाट ४ हजार ६४१ र म्यानमारबाट ३ हजार ३८ जना पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।

सन् २०२४ को अक्टुबरमा १ लाख २४ हजार ३९१ जना पर्यटक नेपाल आएका थिए ।

कोभिड अगाडी सन् २०१९ को अक्टुबरमा भने १ लाख ३४ हजार ६९ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ग्यासमा खुलेआम ‘कालोबजारी’, एउटै सिलिण्डर साटेको ३ हजारसम्म

काभ्रेको बनेपामा एक उपभोक्ता ग्यास सकिएपछि भौतारिँदै हिडिरहेका थिए...

नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग

रसुवा बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग...

सोलार र वायु उर्जामा ब्याट्री स्टोरेज प्रणाली अनिवार्य गर्दै भारत

भारतको केन्द्रीय विद्युत् प्राधिकरण (CEA) ले नयाँ ग्राउन्ड-माउन्टेड सोलार...

बढ्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...